आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    सहमतिको सरकारका लागि पहल गर्न अनुरोध
    July 29 2010

    काठमाण्डौ, जुला, साउन /  नेपालमा रहेको संयुक्त राष्ट्र संघको राजनीतिक मिसन अनमिन प्रमुख करिन ल्याण्डग्रेनले बहुमतीय प्रक्रियाबाट बन्ने सरकार कमजोर हुने भएकोले यस्तो सरकारबाट शान्ति प्रक्रियालाई तोकिएको समयमा पूर्णता दिन नसकिने भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

     

    आफ्नै पार्टीका अध्यक्ष बहुमतको सरकार निर्माण गर्न कसरतमा रहेको बेला सहमतिको सरकारको बकालत गर्दै हिडनु भएका एकीकृत नेकपा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग उहाँकै निवास शान्तिनगरमा भएको भेटवार्तामा ल्याण्डग्रेनले बहुमतीय सरकार कमजोर हुनसक्ने र त्यसले शान्ति प्रक्रियामै बाधा पुर्याउने संभावना औल्याउँदै सहमतिको सरकारका लागि पहल गर्न अनुरोध गरेको भट्टराईका सहयोगी विश्वद्धिप पाण्डेले जानकारी दिनु भयो ।

     

    सरकार बनाउने प्रक्रिया लामो हुँदा सँगसँगै अनमिनलाई दिईएको समय पनि काम विहीन सकिदै जाने भएकोले सो अनमिनलाई समय अभाव हुने गुनासो पनि भेटमा ल्याण्डग्रेनले भट्टराईसँग गर्नु भएको थियो ।

     

    अनमिनको म्याद सकिन ६ हप्तामात्र बाँकी रहेको भन्दै ल्याण्डग्रेनले सरकार निर्माणमा देखिएको गतिरोधले सेना समायोजन पनि सो अवधिमा हुन नसक्ने भएकोले शान्ति प्रक्रिया नै अबरुद्ध हुन सक्ने आशंका पनि गर्नु भएको थियो ।

     

    भेटमा भट्टराईले शान्ति प्रक्रियाले पूर्णता नपाउँदासम्म अनमिनको भूमिका आवश्यक पर्ने भन्दै म्याद थप्नुपर्ने पक्षमा आफू रहेको बताउनु भएको थियो । भेटमा भट्टराईले जनसेनालाई विशेष समिति मातहत ल्याएर समायोजन हुन चाहने र नचाहनेलाई अलग्याउन आफूहरु तयार रहेको बताउनु भएको थियो ।

     

    संविधान निर्माण र शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याएर मुलुकमा दिगो शान्ति स्थापना गर्न सहमतिको सरकारमात्र साधक बन्न सक्ने भन्दै भट्टराईले अगामि १७ गते पनि ब्यवस्थापिका संसदले नयाँ प्रधानमन्त्री चयन गर्न नसके त्यसपछि सहमतिकालागी नयाँ ढंगले अगाडि बढन सबै तयार हुनु पर्ने र त्यसकालागी पहल भईरहेको जानकारी अनमिन प्रमुखलाई दिनु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक