आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    खेलकुद
    क्रिकेटरलाई व्यक्तित्व विकासको पाठ
    August 05 2010

    खेल जीवनबाट सन्यास लिए पनि अनील कुम्बलेले विश्राम गर्न पाएका छैनन् । सन्न्यास लिएलगत्तै उनले कफी टेबलमा बसेर आफ्ना खेलजीवनका तस्बिर संग्रहित किताबका पाना पल्टाए ।

     

    त्यसपछि उनले श्रीलंकाली स्पिनर मुथैया मुरलीधरनसँग मिलेर स्पिन एकेडेमी खोल्ने योजना बनाए । भारतका सर्वाधिक विकेट टेकरले अब आफ्ना मुलुकका क्रिकेटरलाई मैदानबाहिर अपनाउने व्यवहारको पाठ पढाउने भएका छन् ।

     

    भारतका केही क्रिकेटरको मैदानबाहिरका व्यवहार छापाका मसला बन्ने गर्छन् । कहिले समर्थकलाई पिट्ने त कहिले सुन्दरीहरूसँग खुलमखुल्ला माया गाँस्नेजस्ता व्यवहारले भारतीय क्रिकेटरको निकै आलोचना हुने गरेको छ ।

     

    भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले पनि कुम्बलेले तयार पारेको शिक्षा कार्यक्रमलाई अगाडि बढाउने निधो गरेको छ । साथै अबदेखि क्रिकेट खेलाडीका लागि सो शिक्षा अनिवार्य गरिने पनि बोर्डले जनाएको छ । पूर्वकप्तान कुम्बलेको निर्देशनमा क्रिकेटरले व्यक्तित्व विकासका पाठ पढ्नेछन् ।

     

    "कुम्बलेको योजनामा हाम्रा क्रिकेटरलाई सहयोग पुग्ने विषय समावेश छन्, जसमा रकम ह्यान्डलिङ्देखि अन्य खेलाडीसँग ड्रेसिङ रुममा कसरी कुरा गर्ने भन्नेसम्मका विषय छन् " बोर्डका उपाध्यक्ष राजीव शुक्लाले जानकारी दिए ।

     

    कुम्बलेले केही महिनाअघि मुम्बईमा बिसिसिआईका अध्यक्ष शशांक मनोहर तथा अन्य उच्च अधिकारीसामु आफ्नो योजना प्रस्तुत गरेका थिए । उनको प्रस्तावका विषयमा गतसाता बोर्ड बैठकमा छलफल पनि भएको थियो ।

     

    कुम्बलेसँग पाठ पढेबापत हरेक खेलाडीले दुई लाख ९० हजार भारतीय रुपैयाँ पनि पाउनेछन् । सो कार्यक्रम आयोजनाको जिम्मेवारी भने अनील कुम्बले स्पोर्टस प्रालिले लिनेछ भने त्यसको अनुगमन कुम्बलेले नै गर्नेछन् । सो कार्यक्रममा तत्कालका सफलता, आत्मस्वतन्त्रता, एन्टि डोपिङ तथा आर्थिक प्रबन्धनका विषयमा पढाइ हुनेछ ।

     

    साथै सोही कार्यक्रममा कसरी अंग्रेजी बोल्ने, पत्रकार सम्मेलनमा कसरी उपस्थित हुने तथा सार्वजनिक स्थलमा कसरी आफूलाई प्रस्तुत गर्नेजस्ता कुरा पनि क्रिकेटरलाई सिकाइनेछ ।

     

    "क्रिकेटरलाई उनीहरूको एजेन्टले बताएअनुसार चल्न बिसिसिआई इच्छुक छैन । हामी उनीहरूलाई आर्थिक उपार्जन तथा सम्झौताका विषयमा पनि जानकारी दिनेछौँ । हामीलाई यस्ता कार्यक्रमको आवश्यकता छ, जसले खेलाडीलाई सही व्यवहारको ज्ञान देओस्," शुक्लाले थपे ।

     

    कुम्बले भने सो कार्यक्रममा सबै अन्तर्राष्ट्रिय, पहिलो श्रेणी तथा आइपिएलका खेलाडीसमेत सहभागी होऊन् भन्ने चाहन्छन् । तर, बिसिसिआई भने अहिले करारमा रहेका खेलाडीका लागि मात्रै सो कार्यक्रम आयोजना गर्न चाहन्छ ।

     

    आइपिएलको पहिलो संस्करणमा हरभजन सिंहले श्रीशान्तलाई मैदानमा नै चड्कन हिर्काएको तथा वेस्टइन्डिजको पवमा खेलाडीले समर्थकसँग झगडा गरेकाजस्ता कारणले गर्दा बिसिसिआई सो कार्यक्रम आयोजना गर्न इच्छुक देखिएको हो ।

     

    "खेलाडीले आफूलाई मैदानभित्र र बाहिर राम्रो बनाऊन् भन्ने आशयका साथ बिसिसिआईले सो कार्यक्रम आयोजना गर्न लागेको हो । त्यसका लागि अनील कुम्बलेभन्दा राम्रो गुरु अर्को कोही हुन सक्दैन," शुक्लाले भने ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक