आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    जीवनशैली
    हजारौं एकै चिहान भएको त्यो रात
    August 05 2010

    रातको त्यस्तै बजेको हुँदो हो, कसैले ताराबहादुर क्षेत्रीको ढोका ढक्ढकाए संगैको घरमा बस्ने छिमेकी रहेछन् गाउँमा क्षेत्री दाई भनेर चिनिने ताराबहादुरले झ्यालबाट हेरे, आँखा पिरो भयो, बरर आँसु पनि बग्यो उनी ढोका खोल्न तल जानै लागेका थिए आफैं भूइँमा पछारिए सास फेर्नै पनि गाह्रो भयो आफूलाई तलबाट बोलाउनेहरू पनि चिच्याउन थाले, "ऐया आँखा पिरो भयो, पानी...पानी ।" उनीहरूको चिच्याहट रुवाई विस्तारै मथ्तर हुँदै गयो ताराबहादुरले सकिनसकि उठेर गाग्रोको पानीले आँखा भिजाए केही खाए बिस्तारै रगत बान्ता पनि गरे त्यस रात उनीकहाँ बस्न आएका दुइ जना साथी बेहेसीमै ओछ्यान छोडेर भाग्न थाले उनीहरू पनि मुखबाट रगत बान्ता गर्दैरहेछन्

     

    ताराहाबहादुरले बिस्तारै छिमेकी घरबाट चर्को स्वरमा गाई कराएको सुने ड्वाँ डवाँ गर्दै गाईले दाम्ला चुँडाएर भाग्न थालेपछि उनी साह्रै आत्तिए तर, उनी केही बोल्न सके, उठ्न नै रगत बान्ता गर्दागर्दै उनी पनि बेहोस भए थोरै धुकधुकी बाँकी थियो

     

    बिहान थोरै होस खुल्दा उनले नाकै फुटाउलाझैं गन्ध खप्नुपर्यो मान्छे बलिरहेको धुवाँको गन्ध बिस्तारै उठेर ढोका बाहिर निस्किए आँगनमा लासैलास रहेछन् कतै साना नानीहरूको लास कतै फरिया फुस्किएको महिलाको लास ती लाश वरिपरि रगत बान्ता गरिएको राती सँगै सुतेको ११ वर्षो भाइ पनि भाग्दाभाग्दै आँगनमा पल्टिएको रहेछ उनले बिस्तारै भाइको नाडि छामे "तर, त्यसमा धुकधुकी बाँकी थिएन", उनले सम्झिए, "त्यो रात मैले भोगेको अहिलेसम्मकै भयानक दर्दनाक रात हो ।"

     

    तीन दिन अघिदेखि घरमा ताराबहादुर भाइ मात्र थिए आफन्तको बिहेको निम्तो मान्न आमा बुबा सबै परिवार मथुरा पुगेका थिए "त्यसैले अरु परिवार बाँचे नत्र हामी सबै एकै चिहान हुन्थ्यौं होला", उनले सुनाए त्यस रातको सम्झना गर्दा अहिले पनि उनको खा रसाउँछ "त्यो सानो भाइलाई कसरी बिर्सनु जो राती घुप्लुक्क मसँग निदाएको थियो," उनले भने

     

    बिहानसम्मै पनि उनको होस खुलेको थिएन उनी देखिरहेका थिए मानिसहरू बेहोसीमा टाढा-टाढासम्म भागिरहेका थिए "धेरै मानिसहरू मुखबाट रगत बान्ता गर्दै भाग्दै थिए उनीहरूका हात पनि चल्न छोडेका थिए पीडाले उनीहरू यसरी चिच्चाएका थिए मानौं यो विश्व नै जल्न थालेको छ", ताराबहादुर सम्झिन्

     

    हालैको एक दिन भारत मध्यप्रदेशको भोपाल पुग्दा उनै ताराबहादुरले सुनाएको विरहका कथा हो यो उनले भोगेको त्यस रात हो डिसेम्बर, १९८४ जुन विश्वभरिको इतिहासमा कालो रात बनेर रह्यो त्यस मध्यरात भोपालमा यस्तो दुर्घटना भयो जसको सम्झनाले मात्रै पनि हजारौं भोपालवासीको आँखा रसाउँछ संसारकै सबैभन्दा ठुलो औद्योगिक दुर्घटना मानिने त्यो घटनाले हजारौं मानिसलाई आहत बनाएको भोपाल जब मस्त निन्द्रामा थियो सहरमै रहेको कीटनाशक औषधि उत्पादन गर्ने कारखानाबाट मिथाइल आइसोसाइनेट ग्यास चुहिएपछि भोपाल सहर पूरै एउटा ग्यास च्याम्बर बनेको थियो जहाँ यति मान्छे मरे भन्ने यकिन तथ्याङ्क भारत सरकारसंग पनि छैन ताराबहादुरजस्ता हजारौं भोपाल सहरमा छन् जसले आफन्त पूरै भविष्य गुमाएका छन् अहिले पनि उनको हात बिस्तारै मात्र चल्छन् निकै वर्षसम्म उनी आफ्नो हात चलाउनबाट बन्चित रहे बोलि अहिले पनि लर्बरिइरहेको त्यो ग्यास दुर्घटनाबाट बचेका सयौं मान्छेहरू अहिले पनि अपाङ्ग भएरै जिन्दगी धानिरहेका छन्

     

    "ग्यास प्लान्ट नं सीबाट मात्रै चुहिएको थियो धेरै दिनसम्म पनि मान्छे बाहिर निस्किएर, खुलेर बोल्न, हाँस्न सकेनन्", उनी सम्झन्छन्, "सहर वरिपरिका सबै अस्पताल स्वास्थ्य चौकीहरूमा ग्यासले थलिएका धेरै बिरामीहरू बेहोस भएर लडेका थिए ।" कति मरे होलान ? त्यस विषालु ग्यासका कारण करिब २५ हजार मान्छेको मृत्यु भएको तथ्याङ्क भारत सरकारसंग भने मध्यप्रदेश सरकारले पाँच हजार मान्छेको मात्र मृत्यु भएको जनाएको थियो ग्यास आतंकले चार दिनसम्म पनि मानिस मरिरहेका थिए "धेरै आफन्तहरू ग्यासको असरबाट बाँचे भनेर खुसी भएको थिएँ," ताराबहादुरले सुनाए, "चारौं दिनसम्म पनि ग्यास चुहिएकै कारणबाट मेरा केही आफन्तहरू मरे ।" दुर्घटनापछिको चारदिन पछि पनि दस हजारभन्दा बढी मान्छेको मृत्यु भएको थियो

     

    ठिक मध्यरात सुरु भएको ग्यास आतंकलाई भारत सरकारले "दुर्घटनावश" भएको भनेर क्षमा माग्यो त्यस रात चुहिएको मिथाइल ग्यास अन्य रसायनबाट पाँच लाख मानिस प्रभावित भए । त्यस घटना घट्दा ताराबहादुर १९ वर्षका मात्र थिए उनले अहिलेसम्मै भोगेको त्रसित भयावह घटनामा उनले आफ्नो फूलजस्तो भाइ गुमाए "गोलो अनुहार, गाढा आँखा भएको मेरो भाईलाई त्यो रातको ग्यासले निल्यो", उनी भन्दैथिए, "ग्यासले मेरा भाइजस्ता साना नानीलाई बढी मार्यो ।" ताराबहादुरका बुबा काकाहरू हलै बाँधेर ३५ वर्षघि गोरखाबाट भोपाल पसेका रहेछन्

    ०००

    पाल्पाबाट परिवारै भोपाल पुगेका डोलराज भण्डारीले पनि भोपाल ग्यास दुर्घटनाले दिएको पीडा भुलेका छैनन् "हामी सुतिरहेका थियौं एक्कासी सास बढेर आयो आँखा पिरो भयो आँसु पनि बग्यो," उनी त्यस रात सम्झन्छन्, "अब के गर्ने केही मेसो पाइएन ? रातभरि नै रुमाल चिसो बनाएर अनुहारमा दलिरह्यौं त्यसले दुखाई केही कम भयो ।"

     

    उनको परिवारलाई पछिसम्म असर नगरेपनि उनको खुट्टाले दुःख पाइरह्यो केही वर्षम्म उनको खुट्टा लुलोजस्तै भयो "हिँड्न, बस्न पनि गाह्रो हुन्थ्यो त्यो ग्यासले अहिलेसम्म पनि दुःख दिइरहेको अहिले पनि कहिलेकाहीं खुट्टा दुखेर हल चल हुन्छु," उनले भने

     

    त्यस ग्यास दुर्घटनापछि उनले देखेका जानेका धेरै नेपालीहरू हराए रे "कत्ति नेपाली मरे अत्तोपत्तो भएन तर, हजारभन्दा बढी नेपाली मरेको तथ्याङ्क सरकारले देखायो ।" मृत्यु हुने परिवारले तीन लाख क्षतिपूर्ती पाए "अझै पनि त्यस घटनामा पर्ने दुइ सय नेपाली परिवार क्षतिपूर्तीबाट बन्चित छन्," श्री पशुपतिनाथ नेपाली समाजका अध्यक्ष डोलराजले सुनाए, "भारतीय सरकारले जतिसुकै पैसा दिए पनि दुर्घटनापछि धेरै गुमाएका छौं नेपालीले यो परदेशमा आफ्नो प्राण गुमाए हामीले आफन्त गुमायौं माया ममता गुमायौं ।"

    ०००

    भोपालले यस ग्यास त्रासदी भोगेको २५ वर्षपुगिसकेको त्यहाँको युनियन कार्बाइड प्लान्टले फालेको तीन सय ९० टन विषालु रसायनले भोपालको जमिनमुनिको जलस्रोत अहिलेसम्म नराम्ररी प्रदूषित भइरहेको "यसले जलस्रोतमा निर्भर भोपालवासी धेरै नराम्रोसँग प्रभावित भइरहेका छन्," भोपालका प्रहरी निरिक्षक वेदबहादुर क्षेत्रीले भने, "युनियन कार्बाइडका तत्कालिन प्रमुख कार्यकारी अधिकृत वारेन एर्न्र्डसनका नाममा अहिलेसम्म पनि भोपाल जिल्ला अदालतले जारी गरेको गिरफ्तारी आदेश विचाराधीन ।"

    उनका अनुसार ग्यास आतंकबाट भागिरहेका धेरै मानिसमध्ये एक लाख मात्र सुरक्षित स्थानमा पुगे भने अधिकांशले बाटैमा प्राण त्याग गरे "त्यो भुमि एउटा युद्ध भुमिजस्तो थियो जहाँ सडकमा साना बच्चाहरूका लाशका टुक्राहरू थिए," वेदबहादुरले सुनाए, "उनीहरुले रगत बान्ता गरिरहेका थिए कत्ति खोक्दै, रुँदै थिए त्यो बयान गरि नसक्नुको त्रासदी हामीले भोगेका थियौं ।"

     

    अस्पताल पुग्न हतारिएका हजारौंको भीडले अस्पतालको गेट देख्नमात्र पाए "अस्पतालवरिपरि उपचार नपाएर मरेका लाशहरुको चाङले शहर दुगन्धिर्त भएको थियो", उनले सम्झिए यस ग्यास त्रासदीबाट बढी प्रभावित भएका स्थानहरूमा शान्तिनगर, करोध गाउँ, पी एन्ड टी कोलोनी, इब्राहिमपुरा, जयप्रकाश नगर, टिला जमालपुरा हुन् "म अहिले पनि सम्झन्छु ती स्थानहरूमा जनावर मानिसका लाशसंगै लडेका देखिन्थे," वेदबहादुर सम्झन्छन्

    ०००

    ग्यास त्रासदीले भोपाल सहरलाई चिहान बनाएको थियो कारखानावरपर बसेको गरिब बस्ती त्यस ग्यासबाट सबैभन्दा बढी प्रभावित भएको थियो "त्यहाँ बस्नेहरू  अधिकांशको घर थिएन सबै झुप्रामा बस्थे कामको खोजिमा टाढाटाढाबाट आएका दुःखीहरू थिए", डोलराज सम्झन्छन्, "र त्यहा" गरिब गाउँले बस्ने गर्थे त्यस रात तीन मिनेटभित्रै सयौं गरिबहरूलाई ग्यासले सिध्याएको थियो ।"

     

    त्यस युनियन कार्बाइड कारखानाको ६१० नम्बर ट्यांकमा विषालु मिथाइल आइसोसाइनेट ग्यास पानीमा मिसिएपछि रसायनिक प्रतिक्रियाबाट ट्याङमा दबाब उत्पन्न भयो कारखानाबाट करिब ४० टन ग्यास चुहियो त्यहि ग्यासले हजारौं मान्छेलाई एकै चिहान बनायो । यस्तो प्रकारको दुर्घटना कहिल्यै नबेहोरेका भोपालवासीहरू अब के गर्ने भन्ने अन्योलमा निकै दिनसम्म रहे धेरैलाई अस्थाई अन्धोपन पनि भएको थियो "यसरी ग्यास दुर्घटना भयो भने के गर्ने भन्ने बारेमा पूरै भारतलाई पनि थाहा थिएन यो के हो कसरी यसको उपचार गर्ने भन्ने डाक्टरहरूलाई पनि थाहा थिएन", डोलराजले सुनाए, "यहि अन्योलताका कारण पनि धेरैले ज्यान गुमाउनुपर्यो ।"

     

    ग्यास दुर्घटनापछि भोपालमा धेरै विकलांग बच्चाहरू जन्मिए अहिलेसम्म पनि पुरुषहरूको वर्षीया महिलाको डिम्बमा यस दुर्घटनाको प्रभाव अहिलेपनि यहाँ धेरै बच्चाहरू तेस्रोलिङ्गी भएर जन्मिन्छन् भारतभरिमा सबैभन्दा बढी तेस्रोलिङ्गी भोपालमा छन् भनिन्छ यसो हुनुको एउटै दोष ग्यास त्रासदीलाई दिइन्छ "ती विकलांग बच्चाहरू यो भयावह त्रासदीलाई कहिल्यै बिर्सिने छैनन्," डोलराजले सुनाए, "छोराछोरीको पीर ग्यासको तड्पाईमा बाँचिरहेका आमाबुबाहरूका अनुहारमा कहिल्यै पनि खुसीको रेखा दौडिनेछैन ।"

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक