आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    जीवनशैली
    नाटक नै जिन्दगी
    August 05 2010


    कलाकार बिष्णुभक्त फुयालको जिबनका आरोह अबरोहका बारेमा यस पटक उनकै शव्दमा यहाँ प्रश्तुत गरिएको छ :

     

    मेरो जन्म भक्तपुरमा भएको हो त्यतिबेलाको भक्तपुर पुरै गाउँ थियो बि. सं. १९९९ मा हामी चाबेल महाँकाल आयौं अहिले पानी ट्याङ्की छेउ रहेको मेरो घर २०२२ सालमा पानी ट्याङ्की बनाएर रहेको जग्गा मैले किनेको हुँ पानी ट्याङ्की बनाउनु अगाडि यो ठाउँ पुरै खेत मात्र थियो

     

    मेरो बाल्य अवस्था जटिल नै थियो सानु बेलामा नै बुबा बित्नु भएछ आमाको दोस्रो बिवाह भएपछि यहाँ आईए मैले त्यो कुरा पछि बुझेँ यतापट्टी भाई बहिनीहरु हुँदै गए त्यतिबेला परिवार नियोजनको कुरा थिएन डेढ वर्षा अर्को बच्चा हुने फेरि डेढ वर्षमा अर्को बच्चा हुने त्यस्तो अबस्थामा महिलाको केहालत हुन्छ होला ? त्यसमाथि आफ्नो जग्गा जमिन नभएको मानिसको अरुकोमा काम पनि गर्नैपर्ने त्यसै कारण पनि मेरो बाल्यकाल चाँहि पुरै दुखैमा बित्यो अलि कति बुझ्ने भएपछि ओहो आफुँसँगैका साथि पढ्न जान्छन् आफ्नो हालत यस्तो

     

    सानामा मैले स्कुल जाने मौका पाइनँ त्यतिबेला मेरो पारिवारिक रुपमा पढ्न सक्ने अवस्था थिएन धनी धनीको छोराछोरीले दरवार हाईस्कुल, नन्दिरात्रीमा पढ्ने गर्थे पद्मोदय २००३ सालमा स्थापना भएको हो सोह्र वर्षलागे पछि २०११ सालमा, इण्डिया गए कलकत्तामा काम गर्न थाले त्यहाँ मैले भनेजस्तो काम पाइनँ यहाँभन्दा झन् त्याहाँ दुःख भयो तीन वर्ष त खाना मात्रै पकाएँ मैले सुरुमा बङ्गालीको घरबाट सुरु गरियो विहान चार वजेदेखि बेलुका एघार बजेसम्म खटिनुपर्ने त्यसरी गर्दा पनि उन्नती हुने देखियो केहि सिकियो जहाजमा डकरको काम गर्ने भनेर रिफुजि बंगाली राती डेढ दुइ बजे सम्म पढ्थ्यौं एघार बजे काम सकेर गयो अनि पढ्यो उनले अङ्ग्रेजी लेख्न बोल्न पनि सिकाए निवेदन पनि हालियो अब ट्रेनिंग हुने बेलामा चाँहि, यहाँ आमा बिरामी हुनुभयो भन्ने खबर आयो फर्केँ

     

    ०००

     

    नेपाल आएपछि रोयल होटलमा एक दिन वेटरको काम गरेँ त्यहाँका कर्मचारीले बाहिरको मानिसलाई वेटर राखेको भनेर हड्ताल गरे हडतालका कारण मैले भाडा माझ्ने काम गर्नुपर्ने भयो त्यो काम मैले डेढ वर्षसम्म गरेँ एलिजावेथ त्यही बेला नेपालमा आइन् उनी नेपाल आएको बेलामा वेटरको कमी भएर मलाई वेटर बनाए पाँच दिन एलिजावेथ बसेर फर्केपछि फेरि मलाई मेरै काममा र्फक भन्न थाले मैले बेलायतकी माहारानीलाई सेवा दिनसक्ने अरुलाई दिन सक्दिन भनेर प्रश्न गरेँ अनि मलाई वेटरमा राखे त्यहाँ मैले पाँच वर्षम्म काम गरेँ पाँच वर्षम्ममा पनि मैले किचेनमा काम गर्ने मौका पाइनँ त्यही रोयल होटलमा बस्ने क्रममा चाँहि मैले पर््राईभेट पढेँ टेस्ट दिने भनेर रातीको बाह्र एक बजेसम्म पनि पढियो तर सकिएन अङ्ग्रेजी पनि त्यहि बेलामा पढियो हिसाब पनि त्यहि बेलाबाट राम्रो भयो

     

     

    ०००

     

    वि. सं. २०५३ सालमा मेरो छोरो विमल एक्सन एडबाट पाँच वर्षको लागि बेलायत गयो पनि उसँगै गएँ त्यहाँ बस्ता महिनामा मैले अङ्ग्रेजी राम्रो बनाएँ तर, त्यहाँ बस्नै मन लागेन यहाँ नाटक खेल्न पाईने, फिल्म खेल्न पाईने त्यहाँ केहि पनि नपाउने बेलायत पाँच वर्ष बसेको भए मेरो अग्रेजी राम्रै हुन्थ्यो मेरो ग्रामर कमजोर रहेछ भन्ने पनि थाहा भयो अग्रेजी बुझ्छु राम्रोसँग, बोल्न पनि सक्छु अलिकति जान्ने मान्छे पर्यो भने आत्तिन्छु त्यहि पनि बेलायतमा बस्ता अङ्ग्रेजी नबोली सुखनै थिएन एक्लै दिनमा एक घण्टा दुइ घण्टा घुम्थेँ मोडमा पुगे पछि यहाँबाट यता लाग्ने भनेर लेख्यो अनि फेरि त्यहि बाटो फर्कियो

     

    ०००

     

    कलाकारिता चाँहि २०१९ सालबाट सुरु भएको हो होटलका कर्मचारीहरु मिलेर नाटक गर्ने भने, मैले कलाकरिता नेवारी नाटकबाट सुरु गरेको हुँ होटलका तिन सय कर्मचारीमध्ये आठ नौ जना मात्रै बाहुन थियौ अरु सबै नेवार नै थिए कुराकानी पनि नेवारीमा नै हुने गर्दथ्यो त्यहाँ खेलेको नाटक राम्रो भयो रातीराती २०-२२ वटा सो गर्यौं एक वर्षत्यही टिममा काम गरियो त्यसपछि २०२६ साल सम्म नाटक खेल्न पाइएन फेरि २०२७ सालमा ल्होत्से होटलमा जागिर भएपछि त्यहाँको रिसेप्सनको साथी मुकुन्द किशोर भट्टराईसँग भेट भयो २०३१ सालमा पद्मोदय स्कुलले नाटकको आयोजना गर्यो त्योभन्दा अगाडी हामी कहिले सामाखुसी कहिले कहाँ नाटक देखाउँथ्यौ मुकुन्द किशोर भट्टराईले मलाई धेरै कुरा सिकाउनु भएको उहाँलाई मैले साथी मात्र होईन गुरु पनि मानेको छु पद्मोदयमा गरेको नाटक पछि २०३६ साल सम्म त्यत्तिकै भयो फेरि ०३७ सालदेखि विधार्थीहरुले प्रगतिशिल नाटक खेल्न पर्यो भनेर बोलाउनुभयो कसले बोलाएको थियो भन्ने चाहिँ मैले बिर्सेर पछिसम्म बोलाउने मा एक जना सिविनको तारक धिताल पनि हुनुहुन्थ्यो त्यो ग्रुपमा लागेपछि ०४४ सालमा जनसांस्कृतिक मञ्च बन्ने बेलासम्म काम गरेँ त्यो बेलामा कहिले सरस्वती क्याम्पसले कहिले कुन क्याम्पसले बोलाउथे

     

    हामी लुकिलुकि अडिटोरिएममा गएर नाटक देखाउँथ्यौ यता श्रृजना परिवार भन्ने थियो अग्नी सिखाको, अग्नी अहिले वितिसक्नुभयो अग्नीको अध्यक्षतामा श्रृजना परिवारसँगै त्यतिबेलाको माले पार्टीमा प्रवेश गरियो, २०३७ सालमा त्यो ग्रुपमा लामो समयसम्म काम गरेँ त्यहाँ काम गर्दा गर्दै २०४२ सालमा मलाई नेपाल स्वतन्त्र मजदुर युनियनमा पठाए सास्कृतिक फाँट हेर्नका लागि पनि होटल मजदुर, मजदुर भएको हुनाले त्यो फाट हेर्न पर्यो भने साथीहरुले सबै मजदुरको एउटै संगठन बनायौं नेपाल स्वतन्त्र मजदुर युनियन नाम राखियो २०४६ सम्ममा त्यहाँ सास्कृतिक फाँट हेरेँ यता फेरि यो क्षेत्रको काम सबै मैले हेर्न पर्थ्यो २०४६ सालको आन्दोलनमा भाग लिन पर्यो अनि नेसमयुको चाहि निलम्बर आचार्य श्रम मन्त्रीहुँदा खेरी सम्मेलन भयो २०४५ सालमा जिल्ला कमिटिको उपाध्यक्षमा उठेँ जितेँ पनि महेन्द्ररत्न क्याम्पसमा चुनाव भएको थियो जगडोलको डाँडामा लगेर हामीलाई मोदनाथ प्रश्रदिले टिका लगाई दिनु भएको हो पछि त्यसको रेकर्ड नै गाएब गरे कसले गरेको मलाई थाहा भएन एक वर्षसम्म आन्दोलन गरियो २०४७ सालमा आन्दोलन सकियपछि स्वतन्त्र कार्पेट मजदुर युनियनको सोझै केन्द्रीय उपाध्यक्षमा मनोनित भएँ नाई भन्न पनि भएन किन भने पहिला सँगै काम गरेको विनोद श्रेष्ठ अध्यक्ष हुनु हुन्थ्यो त्यसपछि २०६३ सालसम्म लगातार कार्पेट युनियनमा नाटक गरिरहेँ त्यहाँ मैले धेरै नाटक निर्देशन गरेँ २०४२ सालमा अग्नी सिखाको इज्जत नाटक मैले पहिलो पटक निर्देशन गरेपछि धेरै नाटक निर्देशन गरेको छु इज्जत नाटक किर्तिपुरको अडिटोरियमका देखाएको हो, एघार सो देखायौं त्यहाँबाट पैसा आउने होईन खट्ने मात्रै हो आजसम्म पनि पार्टीको लागि खट्दै छु पुरस्कार पाएको बाहेक एक पैशा पनि लिएको छैन २०४५ सालदेखि प्रहरिको नाटक खेलियो त्यहाँबाट पनि सम्मान पाइयो   शसस्त्र प्रहरीले ०६४ सालमा सम्मान गरे डबली पुरस्कार पनि पाएँ तर, आर्थिक रुपमा मैले पैशा कमाउने कामतिर ध्यान दिइनँ २०४६ सालको अन्तिमदेखि फिल्म खेल्न थालेँ पहिला मैले सन्जोग भन्ने टेलिफिल्मबाट यो क्षेत्र सुरु गरेको हुँ जनईको साँचो लगाएत पाँच सयओटा मैले टेलिफिल्म खेलेँ होला ठूलो फिल्म ४४ वटा खेलेँ

     

    ०००

     

    अहिले जननाट्य मञ्चको अध्यक्ष पनि छु त्यसले गर्दा यता जिम्मेवारी पनि बढ्यो कार्पेट युनियनको पनि केन्द्रिय सल्लाहकारमा छु त्यता पनि काम परे पछि गर्नैपर्यो अनि अहिले जननाट्य मञ्चको जिल्ला जिल्लामा कमिटी बनाउनु पर्छ भन्ने धारणा अनुरुप दौडधुप गरिरहेको छु अहिले संगित नाट्य एकेडेमीको प्राज्ञसभा सदस्य मनोनित भएको छु त्यहाँ पनि तालिमात्र बजाउने हो तलब आउने होइन आफ्नो विचार लाने हो पारित गर्छन् कि गर्दैनन् उनीहरुको हातको कुरा हुन्छ त्यहाँ एउटै बैठक भएको छैन साहित्य कला क्षेत्रमा जहाँजहाँ टेवा पुग्ने हो, त्यही लागिरहेको छु पैसा नआए पनि मलाइ केहि फाईदा हुन्छ २०५९ सालमा दश वटा नाटकको एउटा संग्रह निकाँले त्यस पछि लेख्दै छु

    एउटा नाटक यस्तो समातिएछ लखन थापाको बारेमा अब मैले कतिवटा किताब पढिसकेँ आफैलाई चित्त बुझेको छैन, उनी अझै रहश्यमी नै छन्, मेरा लागि कोहीले उनलाई धर्मको बिरोधी भनेका छन्, कोहीले राजा राणाको लखन थापाको दरबार बनेको ठाउँ उनले संघर्ष स्थानतिर परारको साल बसेर आएँ अहिले बहुदल आईसके पछि लखन थापा नेपालको पहिलो सहिद हो भनेका छन् आठ दश वटा किताब पढिसकेँ अझै पनि सहि यहि हो भन्ने निष्कर्षमा पुग्न सकेको छैन

     

    लखन थापा पहिलो सहिद हो भन्ने नाटक बनाउने मेरो इच्छा एक पटक लेखेँ सत्यमोहन जोशीले कला संस्कृति पुगेन थप्नुहोस भन्नुभयो नाच गाना पुजा पाठ, कुल देवताको पूजा कसरी गर्दथे भन्ने बारेमा बुझ्न गएको लेख्ने काम चाँहि गाह्रो रहेछ भन्ने पनि लाग्न थालेको नाटकमा चाँहि मलाई ज्ञान पनि भयो यो बाँचुन्जेल गर्ने धोको नाट्मञ्चबाहेक कुसुम नाट्य समूह पनि हाम्रो बैकुण्ठ भण्डारी पहिला अध्यक्ष हुनुहुन्थ्यो अहिले अध्यक्ष छु हाम्रो थिएटर महाँसंघ भनेर दर्ता पनि भएको त्यसको अध्यक्ष बैकुण्ठ भण्डारी हुनुहुन्छ ०५५ सालबाट कुसुम नाट्य समूहमा पनि आबद्ध छु कहिलेकाही कसैले लौन यो विषयमा  नाटक गर्न पर्यो भने पनि सहयोग गरेको छु ओरेक लगायतका केही महिला समुह मिलेर कृतिका नाट्य समुह बनाएका छन् कालोपुलमा त्यसमा पनि आबद्ध छु कृतिकासँग मिलेर महिला हिंसा विरद्ध नाटक बनाए

     

    ०४४ सालमा रामेशले लगेर मलाई सुनिल जीसँग भेट गराइदिनुभयो ०४६ सालको अन्ततिर श्रद्धालु बेश्या नाटक देखाईयो ४७ सालमा आरोहणले नै निर्वाचनमा भाग लिन पर्छ भनेर नाटक बनायो काठमाडौंमा १५ सो गरियो त्यही नाटक पर्वतका ४५ गाविस देखाइयो आरोहणले गरेको नाटकमा भ्याएसम्म काम गरेको छु गुरुकुल स्थापना गरियो त्यसमा पनि सक्दो लगानी गरेको छु परार गुरुकुलबाट नै एनएसडी दिल्लीमा नाटक देखाउन गएँ पोहोर बरामपुर, बंगालादेश गए फिलिम चाहि मैले छोड्दै गएँ कथा पनि राम्रा हुँदैनन्, जनचेतनामूलक पनि हुँदैनन् हाहा होहो मात्र हुन्छ मलाई दास ढुंगा खेल्न मन थियो एमालेका मान्छेले बनाएको फिल्ममा तर, खबर गरेनन् एमालेले जहाँ जा भनेको , त्यहाँ गएकै थिएँ त्यस्तो फिल्ममा सम्झेनन् सहयात्री फिल्ममा मसँगै खेल्नेलाई साथीहरुले १२ हजार दिए मलाई कहाँ तपाई पार्टीको मान्छे भनेर दिन मानेनन् प्रत्येक सोमा बल्लबल्ल पाँच हजार दिए

     

    ०००

     

    तितो सत्यको रोल मलाई मन परेको थिएन फिलिममा कतिपय कुरा कम्प्रोमाइज गर्नु पर्छ आफुले भनेर हुँदैन त्यो नानीले कान्छी भन्ने फिलिम पनि खेलेकी रहिछन् उनि मेरो नातिनीको उमेरकी मान्छे मलाई मन नै परेको थिएन बास्तविक जीवनमा एक टुक्रा पनि मेल खाँदैन केटी मान्छेले धनी समझदार मानिस पायो भने बुढासँग पनि बिवाह गर्छन् भन्ने मात्र देखाएको हो पहिलाकी बहिनी तिन सो पछि अमेरिका गईन त्यसपछि मैले नाटक सिकाएकी निर्मला आइन् उनले पनि त्यो रोल मन पराएकी थिइनन् तर, मैले सम्झाएँ तिमी चेली गुरु फिलिममा जे रोल त्यही गर नभए तिमी पनि डुब्छौ पनि डुब्छु भने उनले राम्रो रोल खेलीन् पछि त्यो रोकिएको पछि हुन्छ कि ?

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक