आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    सम्पादकीय
    जवाफदेहिता भएको सावित गर्नु पर्छ
    August 10 2010

    प्रधानमन्त्रीको निर्वाचनमा नेकपा एमालेले लिएको निर्णयको कारण मुलुक राष्ट्रिय सहमतिको बाटोतर्फजाने सम्भावना बढदै गएको बहुमतीय खेलामा सहभागी नहुने एमालेको यो निर्णय यसभन्दा अघि भैदिएको भए मुलुक यहाँसम्म आउँदैनथ्यो होला जे होस् ढिलै भए पनि एमालेले बहुमतीय खेलमा आफूलाई सामेल नगर्ने निर्णय गरेर इतिहासमा बुद्धिमतापूर्ण जनताप्रति जवाफदेहिता भएको पार्टी सावित गरेको 

     

    यद्यपी यो निर्णय बाट पार्टीलाई  हल्लाउने प्रयत्न समेत  नभएका होइनन् तर, पार्टी भित्र बाहिरबाट समेत एमालेको तटस्थ बस्ने निर्णयको सरहना भएका कारण यो निर्णयको औचत्यता पुष्टि हुँदै गएको छ।

     

    ०४६ सालपछि पार्टीका धेरै निर्णयहरु लक्पकिएका छन् कतिपय निर्णयहरु सही ठाउमा अडिन समेत सकेनन् एमालेले विगतको शाही कालमा प्रतिगमन आधा सच्चिएको निष्कर्ष निकाल्न पुग्यो जुन निष्कर्षका कारण अहिले पनि त्यो बिषयमा पार्टी आलोचित हुँदै आएको यस परिप्रेक्ष्यमा एमालेको नेतृत्वले अहिले ऐतिहासिक सही निर्णय गरेको

     

    एमालेको निर्णयले मुलुकलाई अनिर्णयको बन्दी बनाएको, सरकार बन्न नदिएकोजस्ता नकारात्मक टिप्पणी समेत हुने गरेका छन् बिशेषतः प्रधानमन्त्रीका उम्मेदवार भएका पार्टी ओवादी नेपाली कांग्रेसका नेताहरुबाट यस्तो टिप्पणी आउने गरेको एमाले निर्णयको अपेक्षा मुलुकलाई अनिर्णयको बन्दी बनाउनु होइन

     

    अवको सरकारसँग शान्ति संविधान निर्माण गर्ने मिसन हुनुपर्छ भन्ने हो यो मिसन नभएको सरकार यो वा त्यो पार्टीको नेता प्रधानमन्त्री भएर पूरा हुन सकदैन यसैकारण अब सबैले सहमतिको बाटो नरोजी सुखै छैन मुलुकलाई  अनिर्णयको बन्दी एमालेले होइन, माओवादी नेपाली कांग्रेसको हठले बनएको एक अर्कालाई स्विकार गर्न नसक्ने अनि एमालेको टाउकोमा दोष थोपर्ने काम कदापी उचित हुन सक्दैन

     

    राष्ट्रिय सहमतिका लागि एमालेले आफुसँग भएको बहुमतको सरकार त्याग्यो, झण्डै दुइ तिहाई पुग्नेगरी सभासदले दिएको समर्थन त्याग्यो त्यसको आधा मात्र अन्य दलले पनि त्याग गर्ने होभने राष्ट्रिय सहमति बन्नसक्छ

     

    आगमी भदौ गते हुने निर्वाचन अघि कांग्रेस माओवादीका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतिको मार्ग प्रसस्त गरेनन भने त्यस दिन पनि एमाले तटस्थ बसेर राष्ट्रिय सहमतिका लागि थप दवाव दिनुपर्छ मुलुक एक दिन एमालेले लिएको राष्ट्रिय सहमतिको बाटोमा अवश्य आउनेछ निकासको अर्को विकल्प छैन

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक