आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    वार्ता
    म ज्वाई मात्र होइन
    August 10 2010


    शोभाकर पराजुली,सभासद नेपाली कांग्रेस

     

    नेपाली कांग्रेसको बाह्रै महाधिवेशनको तयारी कहाँ पुगेको ?

     

    - नेपाली काग्रेसको बाह्रै महाधिवेशन प्रारम्भ भईसकेको वडा, गाउँ, नगर क्षेत्रका प्राय अधिवेशन सकिसकेको बाँकी रहेका जिल्लाको सम्पूर्ण तहका कमिटीको अधिवेशन श्रावण २७ गतेभित्र सकिने कार्यक्रम तयारीभन्दा पनि त्यो अधिवेशनको सुरुवात हो भदौको १० देखि १४ सम्म बाह्रौ माहाधिवेशन सम्पन्न हुनेछ त्यसको पूर्वतयारी भएको अवस्था छिटफुट बाँकी रहेको स्थानमा यो महिना भित्र अधिवेशन हुनेछ

     

    माहाधिवेशनको मुख्य ऐजेण्डा के हो ?

     

    - विधानतः हाम्रो महाधिवेशन तीन-तीन वर्षा हुनुपर्ने हो त्यसमा पनि अवस्थाअनुसार केन्द्रीय समितीले पटक पटक गरेर दुइ वर्षसम्म बढाउन सक्ने प्रावधान राखिएको नेपालको प्रचलित अन्तरिम संविधानले पनि हरेक राजनीतिक दलहरुका अधिवेशनहरु पाँच-पाँच वर्षमा हुनुपर्ने भन्ने प्रावधान भएकोले हामी त्यहीअनुसार अगाडि बढेका छौँ साथै संविधानसभाको निर्वाचनमा हामीले जारी गरेको घोषणा पत्र त्यसमा घोषित शान्ति प्रकृयालाई टुंगोमा पुयाउने हो हाम्रो ऐजेण्डा त्यो एजेण्डा हाम्रो मात्र होईन राष्ट्रकै हो लोकतान्त्रिक संविधान निर्माणको एजेण्डा पार्टी सत्तामा रहँदा पनि समाजवादी कार्यक्रमहरुलाई जनताले अपेक्षा गरेअनुसार कार्यन्वयनमा उर्तान नसकेको कुरातर्फपनि हाम्रो ध्यान गएको

     

    एकीकरण पछि यो पहिलो महाधिवेशन हो काँग्रेसमा भावनात्मक रुपमा एकीकरण देखिएन नि ?

     

    - काँग्रेस जिवन्त राजनैतिक दल हो यसले बहुलवादमा विश्वास गर्ने भएको कारणले -आफ्नो दृष्टिकोणहरु प्रस्तुत हुने एउटा लक्ष्यका लागि निर्णयका लागि विविध विचारहरु आउनु स्वभाविक हो बीचमा हाम्रो पार्टी फुटेको थियो एकिकरण पछि यो पहिलो महाधिवेशन भएकोले यसलाई संगठन सुदृढिकरणको अभियानलाई पनि विस्तार गर्ने एकताको अधिवेशन पनि सम्पन्न गर्नुपर्ने धारणा मुताविक हामीले अगाडी बढाएका हौँ बाँकी रहेको केही भावनात्मक एकताका कुरा पनि यो अधिवेशनले समाप्त पार्ने

     

    सबै जिल्लाको प्रतिनिधि छनौट तोकिएको समयमा नसकिनु आन्तरिक लविङले एकता भए जस्तो देखिएन नि ?

     

    - अहिले अस्तित्वमा रहेका सबै दलभन्दा पुरानो राजनैतिक दल भएको कारणले यसमा पुराना पुस्तादेखि नयाँ पुस्तासम्मका नेता कार्यकर्ता क्रियाशिल रहेको अवस्था यसकारणले पदीय जिम्मेवारीमा जानका लागि पनि प्रतिस्पस्पर्धा गर्न योग्य धेरै साथीहरु संख्यात्मक गुणात्मक रुपमा हुनुहुन्छ त्यसकारणले पदीय जिम्मेवारी बहन गर्नका लागि चलेको प्रतिस्पर्धा हो कुनै भौगोलिक कारणले, कुनै प्राविधिक कारणले विवादका कारणले अधिवेशन हुन नसकेको ठाँउ नगन्य मात्रामा मात्र देखिएका छन् यसमा पनि मलाई लाग्छ २७ गतेभित्र सबै समाप्त भई सक्छ भन्ने मेरो विश्वास

     

    तपाईको भनाईमा बाहिर देखिए जस्तो विवाद छैन भन्न खोज्नु भएको हो ?

     

    - हो हामीभित्र विवाद छैन उदाहरण दिउँ, बारा जिल्लाको क्षेत्र नम्बर बाट निर्विवाद निर्वाचित भएर आएको मात्र होइन कि, त्यस क्षेत्रका क्षेत्रीय कार्यसमिति, माहाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापती लगाएत सबै पदमा निर्विरोध रुपमा निर्वाचन सम्पन्न भएको कुराले बाराको छमध्ये चारवटा निर्वाचन क्षेत्रमा र्सवसम्मत, एक क्षेत्रमा स्वस्थ प्रतिस्प्रधाको माध्यम बाँकी एक क्षेत्रमा सहमतिको लागि छलफल भएको त्यसैले काँग्रेसभित्र विवाद भनेर बाहिर प्रचार गरिन्छ त्यति विवाद छैन

     

    काँग्रेसभित्र लामो समयदेखि कोईराला परिवारको एकल निर्णयबाट सबै कुरा हुन्छ भन्ने गिरिजा प्रसाद को मृत्युपछि अब अधिवेशन पछि एकल निर्णयको परम्परा समाप्त हुँदैछ ?

     

    - स्वर्गीय गिरिजा प्रसाद कोईराला नेतृत्वमा रहँदा उहाँ पार्टीको निर्वाचित नेता भएका कारणले उहाँले गरेको निर्णय सल्लाह सुझावकै आधारमा हुने गर्थ्यो बाहिर उहाँलाई कठोर निर्णय गर्नेजस्तो देखाइए पनि त्यो होईन उहाँसँग झण्डै १८-१९ वर्ष नजिक रहेर काम गर्ने अबसर पाएको हुनाले मैले बुझेको छु, उहाँ सरल सहज हुनुहुन्थ्यो तर, एउटा कुरा के हो भने उहाँ आफूले गरेको निर्णय अडिग रहनुहरन्थ्यो नेताको हैसियतले त्यो स्वभाविक हो जहाँसम्म अबको कुरा , नेपाली कांग्रेसले निर्णय गरिसकेको अब हरेक निर्णय सामुहिक निर्णय आधारमा हुन्छ

     

    तपाईलाई कोईराला परिवारको मान्छे भन्ने गरेको सुनिन्छ, तपाई कोईराला परिवारको मान्छे कि कांग्रेसको नेता ?

     

    - हेर्नुस नेपाल सानो मेरा आफन्त माओवादीदेखि एमाले केन्द्रीय समितिमा छन् ३३ साल देखि राजनीतिमा क्रियाशील छु मेरो सौभाग्य भनौं वा दुर्भाग्य मेरो विवाह संजोगले कोईराला परिवारको सदस्यसँग भएको सत्य हो त्यसैको आधारमा मैले पद ग्रहण गरेको भन्दा पनि मेरो विवेक क्षमता, योग्यता निरन्तरताका आधारमा मात्र मलाई पार्टीले जिम्मेवारी दिएको हो भन्ने मलाई लाग्छ त्यसैले मैले नाता सम्वन्धको आधारमा केही प्राप्त गरेको छैन कोईरालाको छोरी बिहे गरेको कारण कोईरालाको ज्वाई हुँ कोईरालाको ज्वाई भएर कार्यकर्ता होईन काँग्रेसको नेता भएर कोईरालाको ज्वाई भएको हुँ

     

    केन्द्रीय सदस्यको उमेद्वार घोषण गर्ने तपाई पहिलो हुनुहुन्छ, तपाईको मुल ऐजेण्डा के ?

     

    - २०४८ देखि महासमिति सदस्य आठ वर्षम्म केन्द्रिय कार्यालय सचिव, कामु मुख्य सचिव मुख्य सचिव हुँदै सभासद भइसकेको छु   पार्टीले मलाई दलको सचेतकको रुपमा पनि केही समय काम गर्ने अवसर प्रदान गर्यो अहिले १२ औं महाधिवेशनसम्म आइपुग्दा मैले गरेका कामहरुलाई मुल्याङ्कनको कसीमा उभ्याउनका लागि उम्मेद्वारीको घोषणा गरेको हुँ मं बारा छबाट महाधिवेशन प्रतिनिधि छनौट भइसकेपछि साथीहरुको सामुहिक आग्रह मेरो आफ्नो इच्छा अनुसार केन्द्रीय सदस्यको उमेद्वारीको घोषणा गरेको छु काँग्रेसमा खासगरी अहिलेको प्रतिस्पर्धी विचारको युगमा अझ बढी युवाहरुको सक्रियता बढ्नुपर्छ भन्ने सिद्धान्तलाई ब्यवहारमा लानुपर्छ भने नै मेरो मुख्य एजेण्डा हो ८५ जना केन्द्रीय सदस्य हुनेमा ६४ जना प्रत्यक्ष निर्वाचित हुनेछन् त्यसमा सहभागी हुने छु

     

    उमेद्वारी घोषण गर्न हतार गरेजस्तो लागेन ?

     

    - होईन माहाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेपछि हतार कसरी भयो र? फेरि माहाधिवेशन हुने भएपछि उमेद्वारी घोषण गर्न हतार हुँदैन अर्कोतर्फ मेरो पार्टीकाम को सिलसिलामा ५२ जिल्लाको साथीसँग भेटघाट छलफल भएको सबैको सुझाव सल्लाहको आधारमा मैले उमेद्वारी घोषणा गरेको हो, चाँडो भएजस्तो लाग्दैन

     

    माहाधिवेशन पछि काँग्रेस भित्रका तिक्तता विभाजनको मनोवैज्ञानिक असर समाप्त हुन्छ भन्ने लाग्छ ?

     

    - १२ औं माहाधिवेशनलाई हामीले एकताको माहाधिवेशनको रुपमा लिएका छौं अहिले सम्म भएका अवैधानिक ब्यक्तिगत तिक्तता निमिट्यान्न हुनु पर्छ हुनेछ एकताको सन्देश दिन्छ भन्ने कुरामा मलाई विश्वास

     

    तपाई सभासद पनि, अब यो मुलुकको राष्ट्रिय राजनीति के हुन्छ ?

     

    - राष्ट्रिय राजनीति जटिल मोडमा , कर्णप्रिय लोकप्रिय कुरा गर्न चाहन्नँ भइदियो के  भने हामीले १२ बुँदे समझदारी देखि शान्ति सम्झौतासम्म अर्थात नेपालको अन्तरिम संविधानसम्म आइपुग्दा जुन विषयमा हामीले सहमती गरेका थियौं, सम्झौता गरेका थियौं त्यसलाई अक्षरसः पालना गर्र्छौ भनेर हस्ताक्षर गरिएका थियौं, त्यसप्रति माओवादी इमान्दार भएन सहमतिलाई आत्मसात गरेर माओवादी रुपान्तरण हुन जानेन नागरिकको पार्टीको रुपमा रुपान्तरण हुन चाहेन उसले गैरराजनैतिक क्रियाकलापहरु, गैरलोकतान्त्रिक क्रियाकलापहरु आज सम्म पनि यथावत राखेको अझैँ सैनिक संरचनाको विषयमा पनि उनीहरुले दस्तावेजमा अझ घनिभूतरुपमा यसलाई अगाडि बढाउने भनेको डा. बाबुराम बहुलवाद मान्दैनौं भन्छन् स्वभाविक रुपमा बहुदलीय प्रतिस्पर्धा बहुलवादमा मदन भण्डारीले जबजमार्फत लोकतन्त्रलाई आत्मसाथ गरेर एमाले लोकतान्त्रिक प्रक्रियामा अगाडि आएको माओवादी पनि त्यसै अनुसार आउनुपर्छ भन्ने हाम्रो आग्रहलाई उसले संविधानको प्रारम्भिक प्रतिवेदनमै खिल्ली उडाएको माओवादी रुपान्तरण नहुँदासम्म राष्ट्रिय राजनीति जटिल नै हुने भन्ने लाग्छ

     

    प्रधानमन्त्रीको चुनावको प्रक्रिया कहिलेसम्म रहन्छ ?

     

    - संविधानतः निर्णय नहुँदा सम्म रहन्छ भनेर सभामुखले स्पष्ट गर्नुभएको

     

    त्यसो भए कहिले निर्णय हुन्छ ?

     

    - माओवादी, काँग्रेस दुवैका उम्मेद्वार छन् दुवैको -आफ्नो भोटले मात्र बहुमत पुग्दैन प्रमुख रुपमा एमाले मधेशवादी दलले तटस्थ बस्ने निर्णयलाई परिवर्तन गरेभने देश एउटा निर्णयमा पुग्छ देशले निकाश पाउँछ त्यसपछि अन्य कमीकमजोरीलाई बसेर छुट्याउन सकिन्छ देशलाई सरकारबिहीन अवस्थामा लामो समय राख्नु हुँदैन भन्ने लाग्छ

     

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक