आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    साहित्य
    कविहरुमा गुटबन्दी छ
    August 10 2010


    कवि श्रवण मुकारुङसँग अमेरिकादर्पणका लागि नारायणी देवकोटाले गरेको कुराकानी प्रस्तुत गरिएको छ :

     

    भरखरै सुरेश ढकालले नेपालका समाजशास्त्री नै नेपाली समाज बुझ्दैनन् भन्ने खालको लेख लेख्नु भएको नेपाली समाजशास्त्रको बारेमा के भन्नु हुन्छ ?

     

    - कुनै ठूलो समाजशास्त्री होईन तर, नेपाली समाजमा जति नजिक गएर लेख्न खोज्यो लेख्न सक्यो, त्यति लेखक शक्तिशाली हुन्छ भन्ने मैले आफ्नो लेखन यात्रामा अनुभव गरेको कुरा हो

     

    नेपालमा कविता सुनाउन पनि सुन्नेलाई चिया खुवाउन पर्छ भन्ने गरिन्छ, के यो भनाई साचो हो ?

     

    - मेरो लेखनको प्रारम्भिक समयमा लेखक, कविलाई समाजले हेर्ने पाठकलाई समाजले हेर्ने स्थिति एकदमै कमजोर थियो कविता लेख्छ भने पछि यो चाँहि अलि दुःखी रहेछ भन्ने अथवा चुस्स दारी पालेको, अलि कस्तो कस्तो, समाजमा फिट नहुने खालको जस्तो ठान्ने समय थियो अर्को चाँहि मैले लेखन सुरु गर्दा त्यस समय अगाडी पछाडि पनि कविता पाठक बिचको सम्बन्ध टुटेको अबस्था थियो

     

    कविता बुझिँदैन पनि भन्छन् नि, त्यहि भएर चिया खुवाएर सुनाउन पर्ने भएको पो हो कि ?

     

    - यसमा दुइवटा कुरा एउटा चाँहि कविताको शक्ति कमजोर भएर नै हो किन भने, नबुझिने भन्ने संसारमा के ? केही पनि छैन बुझ्न चाहँदा जे कुरा पनि बुझिन्छ तर कवितालाई कस्तो बनाउने भन्ने कविले पहिलो आफ्नो धारणा तय गर्नुपर्छ मेरो भनाई के भने कविता पाठक समाजको एकदमै नजिक जानुपर्छ किनभने कविता एउटा माध्यम हो कविले आफ्नो विचारलाई, आग्रहलाई समाजको कुरा ल्याएर समाजमा नै फर्काउने हो अघि तपाईँले भन्नु भएको समय बोल्दा अलि छुच्चो बोलेको जस्तो हुन्छ, हामीभन्दा अगाडि लेख्ने हाम्रा अग्रज कविलाई हामी सम्मान गर्र्छौं तर, आलोचना यस अर्थमा गर्नुपर्छ कि, कवितालाई बढी नै प्रयोगपरक बनाउन चाहँदा, कवितालाई ल्यावमा लान चाहँदा कविता पाठकको सम्बन्ध टुटेको हो अर्को, कविता शक्तिशाली नभएर नै हो संसारका जति पनि अमर कृतिहरु छन् ति सबै सरल छन् सबैले बुझेका छन् नि ! नेपाली साहित्यमा देवकोटाको नै कुरा गरौँ , टाढाको किन कुरा गर्ने - उहाँको सबैभन्दा पपुलर कृति मुनामदन कति सरल   भावले त्यो गहन तर, भाषमा कति धेरै सरल त्यस्तै खलिल जिब्रायनको प्रोफेट हेर्यो भने, त्याहा कति सरल भाषामा कति गहन कुरा छन् त्यसले पाठकसँग सम्बन्ध नजिक बनाइदिन्छ अनि हाम्रो नेपाली समाजमा कविताको यो हालत ! अहिले पनि मैले नयाँ कविता लेखेको छु, सुनिदिनुस् , चिया खुवाउँछु भन्नुपर्ने अवस्था यिनै दुइ कारणले गर्दा भएको हो अर्को कारण किन भएको भने कविताको मूल्य बोध नभएकाले पनि हो   कविता सस्तो चिजको हो अनुत्पादक हो भन्ने कारण पनि हो कवि स्वयम्ले पनि कवितालाई मूल्य नदिएका कारणले पनि हो

     

    नेपाली कवि लेखकको प्रवृतिको विषयमा केहि भन्नुस्

     

    - नेपाली लेखक कविहरु हामी नेपाली जातिजस्तै, नेपालको राजनीतिजस्तै, हामी सबै एउटै हो हामी सबै एक अर्कासँग अन्तरसम्बन्धित छौँ   कविहरुका पनि गुट उपगुट छन् आफ्नो गुटबाहिरको कविलाई एउटा गुटको कविले सम्मान गर्दैनन् सिनियर कविले उनीहरुभन्दा सिनियर कविबाहेकको नाम लिदैनन् नयाँ कवि आयो भने त्यसलाई स्पेस दिदैनन् भित्रभित्र मन पराउँछन् तर बाहिर नाम भन्दैनन् यो ठूलो रोग हो ठूला मानिसलाई भन्नकै लागि भए पनि राम्रो भनिदिने नेपाली प्रवृत्ति कवि भित्र पनि माथि जान लागेका लाई तान्न खोज्ने, अहिले पनि नेपाली विश्व विधालयमा किन पुराना कविको मात्रै कविता पढाई हुन्छन् ? समय यति बढी सक्यो, यति धेरै राम्रा कविहरु आएकाछन्, नयाँ चेतना, नयाँ शक्तिका साथ नयाँ लेखकहरु आएका छन् तर, हाम्रा पाठ्यक्रमहरु कहिल्यै परिवर्तन हुँदैनन् परिवर्तन गरे पनि तिनै पुराना मानिसको राख्यो त्यो  सबै केले गर्यो भन्दा, त्यहि गुटबन्दी, हाम्रो आम नेपाली चरित्रले गर्दा यसो भएको हो आम नेपाली चरित्रभित्र कविहरुको चरित्र पनि उस्तै

     

    कवि हुनका लागि केके बिशेषता हुनुपर्छ ?

     

    - कवि भन्ने कुरा साधनाले हुने कुरा हो तपाई कति साधना गर्न सक्नुहुन्छ - एउटा मुर्तीकारले पूर्ण मुर्तीकार हुनका लागि कति समय लगाउँछ ? सुरुमा बनाउँदा कमजोर बनाउला, बनाउँदै जादा सिद्धहस्त भएर सुन्दर मुर्ति बनाउँछ  त्यस्तै मूर्तिकारले मूर्ति बनाएजस्तै, चित्रकारले चित्र बनाएजस्तै हामीले पनि कवितालाई शब्दसँग, भाषासँग, भावसँग खेल्दै जादा राम्रो कविता हुने हो  साधना नै पहिलो कुरा हो

     

    समाजमा कविताको महत्व कस्तो ?

     

    - समाजमा कविताले दुइवटा काम गर्छ भन्ने मलाई लाग्छ एउटा, चेतनालाई बिस्तार गर्छ सुसुचित सुसिक्षित पनि गर्छ अनि विचारलाई विस्तार पनि गर्छ किन भने विचार नयाँ नयाँ हुँदैन   विचार पुरानै हुन्छ अर्को, समाजमा कविता लेख्नु भनेको खराब काम होइन यो कुनै गुण्डा गर्दि गर्नु या गाँजा खानु जस्तो कुरा हाईन ति पनि समाजकै पाटोहरु हुन् तथापि कविताले मान्छेको अपहरण गर्दैन हिँसा गर्दैन

     

    कविताले दुनिया बदल्छ ?

     

    - बदल्न मदत गर्छ यसको शक्ति भनेको नै त्यो हो कि यसरी बदल्न सकिन्छ भनेर देखाउँछ पनि सहयोगी पनि हुन्छ तर, कविता आफैले बदल्ने भने होईन दुनियालाई बदल्ने राजनीतिनै हो

     

    कविता नभएको भए यो संसार कस्तो हुने थियो होला ?

     

    - जुन हाम्रो जिनशैली , जुन हाम्रौ संस्कृति , परम्परा यी सबैकुराहरु कवितासँग जोडिएर आएकाछन् सायद संसारमा कविता नभएको भए मानिस पशुमा फरक हुने थिएन होला यो सभ्यता जुन , यो सिकाएको कविताले हो कविताले कलाले मानव सभ्यता बनाएको हो जिवनशैलीलाई निर्माण गर्ने चिज पनि कविता हो कविता नै नभएको भए हामी अन्य जनवारभन्दा फरक हुने थिएनौं होला

     

    श्रवण मुकारुङ विसेनगर्चीमा कत्तिको समानता भिन्नता भेट्नुहुन्छ ?

     

    - कविको भोगाई पनि कविता हो, विसेनगर्ची बीचमा धेरै समानता भएका कारणले मैले त्यो कविता लेख्न सकेको हुँ जे बाँचेको छु, मेरो बचाइँको अनुभुति त्यो कविता नजिक नभई , कहि कहि अन्तरसम्बन्ध नभई त्यो कविता नै बन्दैन थियो नि! कुनै पनि कविले कहाँकहाँ को सम्बन्ध नै नभएको कविता लेख्यो भने त्यो कविता शक्तिशाली नै हुँदैन नि त्यसकारण त्यो कवितामा मेरो भोगाइका अंशहरु छन्

     

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक