आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    खेलकुद
    नेपालको विश्वसनीय जित
    August 19 2010

    इटाली:  प्रारम्भिक ब्याट्सम्यानद्वय अनिल मण्डल र महेश क्षेत्रीको शानदार साझेदारी तथा कप्तान पारस खड्काले पनि विस्फोटक अर्धशतकीय पाली खेलेपछि नेपालले बुधबार अर्जेन्टिनालाई आठ विकेटले हराएर आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरको उपाधि भिडन्तमा पुग्ने आशा कायम राखेको छ ।उपाधि भिडन्तमा पुगेर डिभिजन थ्रीमा उक्लनका लागि प्रतियोगितामा आप\\\\mनो चुनौती बाँकी राख्न नेपाललाई आज जित आवश्यक थियो । यसअघि पहिलो खेलमा अमेरिकासँग अङ्क बाँडेपछि आयोजक इटालीलाई हराउने नेपालले हिजो तान्जानियासँग स्तब्धकारी हार बेहोरेको थियो । नेपालले आप\\\\mनो अन्तिम खेल शुक्रबार क्यामी आइल्यान्डविरुद्ध खेल्नेछ ।

    इटालीको नेभिलमा टस जिती पहिले ब्याटिङ गरेको अर्जेन्टिनाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा १९३ रनको सम्मानजनक योगफल तयार पारेको थियो । नेपालले लक्ष्य ३२.४ ओभरमा दुई विकेटको क्षतिमा १९४ रन बनाई हासिल गर्‍यो । प्रारम्भिक ब्याट्सम्यान अनिलले तेज गतिमा ६० रन बनाएपछि नेपाललाई लक्ष्य पछ्याउन कठिन भएन । उनले पहिलो विकेटका लागि महेशसँग मिलेर १९.१ ओभरमा ९८ रनको साझेदारी निर्वाह गरेको थियो ।

    महेश संयमपूर्ण ३६ रनको पाली खेलेर पाब्लो रायनको बलिङमा आउट भए । ६० बलको सामना गरेर चार चौका प्रहार गर्ने महेश \\\'हुक\\\' गर्ने प्रयासमा मिडअनमा पाटरलानीद्वारा क्याच आउट भएका थिए । अनिल पनि तीन बलपछि रायनकै सिकार बने । उनलाई मिडअफमा कप्तान इस्टेबान म्याकडरमटले \\\'डाइभिङ\\\' क्याच गरी पभेलियन फर्काएका हुन् ।अनिलले ५८ बलको आकर्षक पालीमा सात चौका र तीन छक्का प्रहार गरे । त्यसपछि पारसले पहिलोपटक सिनियर टिमका लागि पहिलो प्रतियोगिता खेल्दैगरेका प्रदीपसँग मिलेर अपराजित ९२ रनको साझेदारी गरे । पारस ४० बलमा ५३ रन बनाएर अन्तसम्म आउट भएनन् । उनको पालीमा एक छक्का र नौ चौका सामेल थियो । प्रदीपले छ चौका र दुई छक्का प्रहार गरी ३८ बलमा ३८ रन बनाए । प्रदीपले आफूले सामना गरेको १७औँ बलमा छक्का प्रहार गरी खाता खोलेका थिए ।

    यसअघि अलेज्यान्द्रो फर्गुसनले सङ्कटको समयमा तेज गतिमा ८३ रन बनाएपछि अर्जेन्टिनाले नेपाली बलिङलाई निराश पारेको थियो । सातौँ क्रममा क्रिजमा आएका फर्गुसनले ७३ बलमा सात चौका र चार छक्काको मद्दतले ८३ रन बनाए । उनलाई पुछारका ब्याट्सम्यान पाटरलिनी -९ बल, १३ रन)ले उचित साथ दिए । यी दुई ब्याट्सम्यानले ४६ देखि ५० ओभरसम्मको अन्तिम पावर प्लेमा ६१ रन जोडेका थिए । फर्गुसनले \\\'स्लग ओभर\\\'मा नेपालका अमृत भट्टराईलाई प्रमुख रूपमा निशाना बनाए । अमृतले दुई ओभरको अन्तिम स्पेलमा ३१ रन खर्चेका थिए ।

    यद्यपि अमृतले नै पाटरलिनीलाई २ रनमा छँदा विकेटकिपर महेशको हातबाट क्याचआउट गराई नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि महबुब आलमले ए डनमोर र पी फर्गुसनलाई र स्पिनर वसन्त रेग्मीले साभेजलाई आउट गरेपछि अर्जेन्टिनाको स्कोर ४७ रनमा चार विकेट भएको थियो तर नेपालले आज अर्जेन्टिनाको पाली निर्धारित समयपूर्व धराशयी प्ाार्न सकेन ।नेपालका लागि महबुब, शक्ति र वसन्तले दुई/दुई विकेट लिए भने पारस र अमृतको भागमा एक/एक विकेट पर्‍यो ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक