आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    साहित्य
    कवि अरुभन्दा फरक हुन्छ
    August 20 2010

     

     

    हरि अधिकारी

     

    तपाईको कविता संग्रह गार्मेन्टकी गायत्री बजारमा आएको , यो संग्रह निकाल्दाका अनुभव बताई दिनु

     

    - यसमा मेरा  त्रिपन्नवटा प्रतिनिधिमूलक कविताहरु संग्रहित छन् मेरा पहिला निस्केका कविता संग्रहका केही त्यसभन्दापछि लेखिएका केही गरेर निकालेको छु फाईन प्रिन्टका निरज भारी अजित बरालले यतिबेलासम्म पद्यको कुनै किताव नछापेको तर कविता संग्रह चाँहि तपाईको बाटै सुरु गरौं भने मलाई पनि उत्साही भाइहरुको प्रकाशन संस्था जसले राम्रा किताब छाप्ने भनेर नाम कमाएको , त्यस्तो संस्थाबाट मेरो किताब निस्कन्छ भने ठीकै हो भन्ने लागेर कविताहरु संकलन गरेर दिएँ यो किताब करिब करिब दर्ुइ महिना अगाडी तयार भएको हो यो  बिमोचनको र्साईतल जुरेको थिएन पुस्तक तथा शैक्षिक मेला पारेर बुधबार निस्केको हो यस संग्रहलाई स्त्री, समाज राजनीति गरेर तिन भागमा बाँडिएको

     

    नेपाली कविहरुले समाज बुझ्दैनन् भन्ने कुरा अगाडी आईरहेको नि, त्यसबारेमा के भन्न चाहनु हुन्छ ?

     

    - यो प्रकारको भनाई ठीक हो भन्ने मलाई लाग्दैन किन भने, राम्रो कवि छभने, उसले उसको समाज, हुर्केको ठाऊँ, जहाँबाट उसले लेख्ने उर्जा प्रेरणा पाउँछ, त्यो समाजलाई नबुझि उसले कवितानै लेख्न सक्दैन नि ! कविताको नाममा लेख्ने अभ्यास मात्रै गर्ने हो, कुनै लहडका लागि, कुनै विचार, भाव, कला पक्ष नभईकन चाँहि कविताको नाममा कविता लेख्ने हो भने फरक कुरा भयो तर, होईन भने  एउटा कवि जो कविताप्रति इमान्दार राम्रो कविता लेख्ने प्रयास गर्छभने त्यसले आफ्नो समाजलाई बुझेकै हुनुपर्छ बुझ्छ भन्ने मलाई लाग्छ

     

    तर धेरै नेपाली कविहरु समाजलाई बुझ्दैनन् मैले नेपाली समाज बुझेको छैन भनेर थाहा भए पनि बुझ्न पनि कोशिस गर्दैनन् भन्छन् नि

     

    - कसले नेपाली  कविहरुलाई यो आरोप लगाएको मलाई थाहा भएन तर, मेरो भनाई के हो भने कुनै पनि समाजको एउटा ब्यक्तिले कविता लेख्छभने त्यो समाजलाई उसले कुनै कुनै रुपमा बुझ्ने प्रयास गर्नुपर्छ, बुझेको पनि हुन्छ कविले कसरी बुझोस् भन्ने सोचेको हो यो आरोप लगाउने मानिसले, त्यो बेग्लै कुरा हो तर कुनै पनि ब्यक्तिले समाजलाई साँगोपाँगो रुपमा बुझ्न सक्दैन समाज भनेको समाजमा बस्ने मानिसहरु हो मानिसहरु भन्ने बित्तिकै यति धेरै कम्प्लिकेसेसहरुसँग मानिस बाँचिरहेको हुन्छ कि मानिसका सबै कुरा बुझ्न सम्भव नै छैन त्यस कारणले कविले मानिसलाई समाजलाई बुझेन भन्दा कतिहद सम्म बुझेन ? पुरै बुझेन भनेको हो कि ? अलिकतिमात्रै बुझ्यो भनेको हो कि ? तर समग्रमा नेपाली कविले समाज बुझ्दैनन् भन्नु एकाङ्की पुर्वाग्रह राखेर भनिएको हो कि जस्तो लाग्छ

     

    नेपाली कविहरुलाई लेखेको कविता सुनाउन मेरो कविता सुनिदे चिया खुवाउँछु भन्नुपर्ने अवस्था भन्छन्, साच्चै हो ?

     

    - त्यसो होईन एउटा कुरा के भने कविहरुलाई लिएर अनेक किसिमका उखान टुक्का  जोक्स बनाईएको कविको इमेज चाँहि कस्तो भने, झुस्स दारी पालेको, नुहाउँदा पनि नुहाउने, एउटा झोला भिरेको, मागिखाने टाईपको बनाइएको मलाई लाग्दैन त्यस्ता कविहरु धेरै भएको कारण त्यस्तो इमेज बनाईएको हो भन्ने हाम्रो नेपाली साहित्यमा ठूला कवि हुनुहुन्थ्यो, लक्ष्मी प्रसाद देवकोटा उहाँलाई महाकवि पनि भन्छन् उहाँको केहि बानीबेहोरा साधारण मानिसकोभन्दा फरक थियो जस्तो कि चुरोट धेरै खाने, जेमा पनि कविता लेख्ने, कविता लेख्न थालेपछि लेखेको लेख्यै गरिदिने बानी थियो त्यस्तै एक दुइ जनाको कारण त्यस्तो इमेज बनेको भए बेग्लै कुरा हो होईनभने, नेपालीले कविहरुको परिभाष बदल्नुपर्ने भएको अहिले कुनै राम्रो कविले चिया खुवाउँछु कविता सुनिदेउ भन्दैन किन भने मैले ०३५-४० साल देखि कविता लेखिरहेको छु, मैले आजसम्म एकजनालाई कविता सुनिदेउन भन्न परेको छैन कविता सुनाएर आनन्द लिने तहको भन्दा गम्भीर कविता नै त्यो भन्दा माथिल्लो तहको हुन्छ उसले ब्यापक मानिसमा सम्प्रेसित गर्न चाहन्छ, आफ्नो कविता लाई

     

    मानिस लेखक हुन सकेन भने समीक्षक हुन्छ भन्छन् तपाई समिक्षा पनि गर्ने मानिस, यो भनाईका बारेमा केही भन्नुस्न

     

    - मेरो हकमा सायद यो कुरा लागू हुँदैन लेखकको रुपमा पनि दशजना माझ चिनिएकै मानिस छु कविको रुपमा पनि नेपाली साहित्यमा मेरो सानो ठूलो स्थान त्यसो हुनाले कवि कर्म गर्न नसकेर वा लेख्न नसकेर समीक्षकको नयाँ अबतारमा आएको होईन तर यसलाई अर्को तरिकाबाट चाही बुझ्न सकिन्छ हाम्रो नेपाली साहित्यमा असल समीक्षकको दूधको दूध पानीको पानी गरेर हेर्ने त्यो कृतिको बारेमा, त्यसको गहिरामा पुगेर लेख्ने समिक्षकहरुको साच्चै नै अभाव नेपाली पाठक पत्रकारले उठाउन गर्नैपर्ने कुरा के भने, राम्रा समीक्षकको नेपाली साहित्यमा खाचोँ , खडेरी एकथरि बुढा पुराना समीक्षक छन्, उनीहरु पाठ्यपुस्तकको दायराभन्दा बाहिर निस्कन सकेका छैनन् अर्काथरि छन्, जो अलिकति तल आए भने मोहन कोईरालासम्म नत्र माधब घिमिरे, देवकोटा, समकै वरपर घुमिरहेका छन् एकथरि नयाँ समीक्षकहरु छन्, जसले यतिधेरै गुटबन्दी गर्छन् कि उनीहरुले आफूले चिनेका थोरै मानिसहरुको बारेमा मात्रै प्रमोसन गरेर लेखिरहेका हुन्छन् त्यसकारणले राम्रो समिक्षकको साँच्चै नै अभाव

     

    तपाई अरुको किताबमाथि खरो टिप्पणी गर्ने मानिस तपाईको किताबको टिप्पणी कस्तो भैदियोस् भन्ने लाग्छ ?

     

    - मैले गरेको टिप्पणी खरो नै हुन्छ भन्ने लाग्छ भने, मेरो किताब माथि पनि त्यस्तै खरो टिप्पणी होस् भन्ने आशा गर्छु

     

    नेपालमा लेखेर जीवन चलाउन सकिन्छ ?

     

    - सकिदैन यसलाई जीवन नै चलाउने भनेर भन्नभन्दा पनि यसका सकारात्मक दिशातर्फगइरहेको मैले पाएको छु १९९० को पहिलो जनआन्दोलनको सफलता पछि, नेपालले दुइवटा क्षेत्रमा अभुतपूर्व सफलता हाँसिल गरेको , एक शिक्षा, अर्को संचार प्रत्येक दिन किताबको दुनियाँमा पसेर बाहिर निस्कने मानिसहरुको संख्या लगातार बढीरहेको सञ्चार समाज खुल्ला भएको कारण यो छाप्ने, छापेको कुरालाई प्रचार गर्ने कुरा बढेको छापाहरुले पनि किताबको बारेमा हप्तामा एकदिन ठाँउ दिने गरेको छन् त्यसले पाठक समक्ष संप्रेषण गर्दछ त्यसले किताब किनेर पढ्ने बानीमा बिकास भएको एउटा वर्गको क्रय शक्ति पनि बढेको   नेपाल आर्थिक परिसुचकमा गरिब भइरहेको होला, नेपालमा झगडा होला, अरु कुराहरु होलान् तर एकथरी मानिसहरुसँग चाँही पैसा ति पैसा भएकाहरुले चाँहि आत्मरतिका लागि वा ज्ञान प्राप्त गर्नका लागि या समय कटाउनका लागि होस् जेका लागि भए पनि किताब किन्ने पढ्ने बानी बसेको त्यसको लागि नयाँनयाँ प्रकाशन संस्थाहरुले पनि प्रयास गरे होलान् मिडिया हाउसहरुले प्रयास गरेका होलान् के मान्न पर्छ भने नेपालीमा लेख्ने लेखकको बजार एकदमै सानो जसका कारणले नेपालीमा लेखेर नै जीवन चलाउन सक्ने अबस्था नआउन पनि सक्छ तर, लेखेर कुनै फाईदा नै छैन पनि भन्न मिल्दैन अहिले साहित्यकारले पनि आफ्नो पारिश्रमिक पाउन थालेका छन्

     

    यो दुनियाँमा कविता नभएको भए कस्तो हुन्थ्यो होला ?

     

    - यो दुनिया बस्नयोग्य हुँदैन थियो मानिसहरु बस्ने गर्थे होलान् तर, करोडौं प्रजातिका जन्तुहरुकै श्रेणीमा हुने थियो अहिलेको जस्तो संसारको मालिक हुने थिएन 

     

    कविताले समाजलाई बदल्छ त्यसो भए ?

     

    - कविताले समाजलाई बदल्छ भन्दिन , कविताले मानव सभ्यताको इतिहासलाई नै परिवर्तन गर्दछ

     

    नेपाली समाज नेपाली कविहरुमा के के भिन्नता के के समानताहरु देख्नुहुन्छ ?

     

    - नेपाली मानिस चाहे त्यो कविता लेख्ने होस्, चाहे त्यो गाउने मानिस होस् अथवा राजेशहमालजस्तो एक्टिङ गर्ने होस् वा हरि अधिकारीको जस्तो कविता लेख्ने होस् यि सबै मानिसहरु यही समाजका अङ्गहरु हुन् त्यसकारण यो समाज तिनीहरु के फरक के मिल्ने भनेर भन्न मिल्दैन तर, कविले आफ्नो अभिब्यक्तको माध्यमलाई कलात्मक बनाएर जीवन जगतलाई हेर्ने एउटा दृष्टिकोण बनाएको हुन्छ त्यही कारणले कवि समाजका अरु मानिस भन्दा अल्ली फरक हो भनेर भन्न मलाई आपत्ति छैन

     

    प्रस्तुति: नारायणी देवकोटा

     

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक