आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    नेपाल समाचार
    राष्ट्रिय स्वाधिनताका लागि राजावादीसँग मोर्चा !
    August 21 2010

    दरवारले आफ्नो वर्गीय सीमामा बसेरै भए पनि देशलाई माया गरेको निश्कर्षकाथ माओवादीले राजावादीसंग संयुक्त मोर्चा बनाउने तयारी गरेको बिहीवार भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक अन्तर्विरोध ठहरावपूर्ण स्थितिमा रहेका वेला भारतीय हस्तक्षेप बढेकाले देशभक्त जनतान्त्रिक शक्तिवीचको एकता अनिवार्य भएको मौखिक प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले राखेका थिए देशभक्त भावना भएका शक्तिहरुलाई पनि एकजुट नगर्राई राष्ट्रिय स्वधिनताको लर्डाई जित्न नसकिने अध्यक्ष दाहालको तर्क थियो

     

    पार्टीले तात्कालीन कार्यनीति जनताको गणतान्त्रिक संविधान निर्माण शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन भारतसंगको लर्डाईँमा विजय प्राप्त नगरी सम्भव नभएको अध्यक्ष दाहालको विचार छभने आन्तरिक जनवादको विकास गरेर आर्थिक सवलीकरणको वाटोमा गएपछि बल्ल भारतीय विस्तारवादस लड्न सकिने उपाध्यक्ष बाबुराम भट्टराईको विचार तात्कालीन परिस्थितिवारे अध्यक्ष दाहाल उपाध्यक्ष भट्टराईबीच रहेको गम्भीर अन्तरविरोधका वावजुद माओवादीले अहिलेको चालु प्रधानमन्त्री निर्वाचन प्रक्रियामा चार नीति अवलम्बन गर्ने भएको

     

    बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको मौखिक प्रतिवेदनमा प्रधानमन्त्रीको चुनावमा पार्टी अध्यक्ष उम्मेदवार बनेर जित्नै नसके पनि पुराना दक्षिणपन्थी शक्तिहरुको गठबन्धनलाई टुटाइदिन सफल भएको विश्लेषण गरेका छन् उनले यसअघि फोरमका ११ सांसद्हरुले गरेको फ्लोरक्रस, एमालेमा तटस्थताबाट बाहिर निस्कनै नसक्नेगरी सिर्जना भएको अन्तरविरोध पुरानो गठबन्धनमा रहेका अन्य पार्टीमा पनि निर्वाचनका कारणले आएको समस्याले पार्टीको विश्लेषण सही भएको दाहालले वताएका थिए

     

    दाहालले एमालेको तटस्थता रहुन्जेलसम्म प्रधानमन्त्री निर्वाचन प्रक्रिया दोहोर्याइरहे माओवादीबाहेक अरु सबै दल संकटमा पर्दै जाने पनि विश्लेषण सुनाएका थिए "एमालेको तटस्थता रहुन्जेल कांग्रेसले जित्ने सम्भावनै हुँदैन त्यसैले उसको तटस्थताले मधेसी दलहरुमा असर पार्दै लैजान्छ सरकार बन्न नसक्ने अवस्थामा त्यसको र्समर्थन हामीतिर भए मात्र परिणाममा पुग्ने हो, त्यसैले विजयको नजिक हामी नै हुनेछौं" दाहालले आफ्नो प्रतिवेदनमा प्रस्तुत गरेका थिए उनले पाँचौं चरणको निर्वाचनमै विजयका लागि पार्टी लाग्ने होभने स्थिति सकारात्मक रहेको वताएका थिए

     

    कांग्रेस पनि सहमत भए आफूहरु पनि उम्मेदवारी फिर्ता गर्न तयार रहेको प्रचार गरेर पनि पार्टीलाई फाइदै भएको विश्लेषण उनले सुनाएका थिए केन्द्रीय कमिटीको बैठककै दिन एमालेसंग भएको वार्तामा दाहालले कांग्रेस पनि फिर्ता गर्न सहमत भए माओवादी उम्मेदवारी फिर्ता लिन सकारात्मक रहेको वताएका थिए यसले राष्ट्रिय सहमतिको वाधकका रुपमा कांग्रेसलाई मात्र प्रस्तुत गर्न सकिने एमालेलाई तटस्थताको लाइनमा टिकाइरहन सकियो भने पाचौं चरणको चुनाव नै परिणाममुखी हुन सक्ने उनको विश्लेषण थियो

     

    भदौ गतेको चुनावलाई सकेसम्म आफ्नो पक्षमा पार्ने पहिलो प्राथमिकतामा राखेको माओवादीले कांग्रेसले सहमतिमा उम्मेदवारी फर्ता लिने कुरालाई दोस्रो प्रथामिकतामा राखेको तर, उम्मेदवारी फिर्ता लिंदा सहमतिको सरकारको नेतृत्व आफैंले पाउने कुराको सुनिश्चितताका लागि क्रियाशील हुने दाहालको तयारी गतेको चुनावले परिणाम नदिए पनि उम्मेदवारी फिर्ता पनि नगर्ने तर, लामो लामो समयको अन्तर गरेर चुनाव गर्दै जाने सोचाईमा दाहाल छन्

     

    तेस्रो विकल्पका रुपमा माओवादीले संविधान संशोधन गरेर कसैले पनि बहुमत ल्याउन नसकेको अवस्थामा ठूलो दलका हिसावले सरकार बनाउन पाउने ३५ दिनभित्र विश्वासको मत लिने ब्यवस्थाका लागि पहल गर्ने कुरा अगाडि सार्ने भएको त्यसका लागि अन्य दलहरु तयार नहुने सम्भावना पनि अध्यक्ष दाहालले ब्यक्त गरेका छन् त्यस्तो अवस्थामा अन्तिम विकल्पका रुपमा दाहालले नागरिक समाजका कुनै ब्यक्तिको नेतृत्वमा सरकार गठनको प्रस्ताव लैजाने भएका छन् तर, अहिले नै त्यस्तो विकल्प अगाडी र्सार्नु उपयुक्त नहुने भएकाले त्यसलाई अलि पछि मात्रै सार्वजनिक गर्ने योजना दाहालले बनाएका छन्

     

    भदौ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको विस्तारित बैठकमा अध्यक्ष दाहालले यी विकल्पहरुमाथि छलफल गराउने योजना बनाएका छन् पार्टीको प्रधान अन्तरविरोध पनि भारतीय विस्तारवादीको पक्षपोषक शक्तिहरुसंग रहेकाले त्यसको पक्षमा प्रस्तुत भएर आउने कांग्रेससगै हुने उनको ठहर

    त्यसैका लागि उनले राजावादीहरुसंग मोर्चाबन्दीको तयारी गरेका हुन् एमालेले कांग्रेसको साथ छोडेमा कांग्रेसलाई छोडेरै राष्ट्रिय सहमतिको स्वरुपमा दरवारियाहरुलाई पनि समेटेर अघि बढ्न सकिने विश्लेषण दाहालको पछिल्लो समय माओवादी अध्यक्ष दाहाल राजावादी शक्तिहरुसंग निरन्तर सम्वादमा छन् दाहालसंग संवादमै रहेको राप्रपा नेपालका नेताहरुले पनि माओवादीस सांस्कृतिक राजा राख्ने कुरामा सहमति भएको दावी गर्न थालेका छन् शनिवार गोरखाको एक कार्यक्रममा राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले सांस्कृतिक राजा राख्न माओवादी तयार रहेको जानकारी दिएका थिए

     

    Comments
    Posted By: dinesharyal
    Aug 31, 2010
    romro lago...
    Posted By: dinesharyal
    Aug 31, 2010
    romro lago...
    Posted By: Dinesh sharma
    Sep 03, 2010
    Namasakar comments harna harulai kunai bela yo das ma raja ko aabasakta chaine bhanna prachand aja kal usai ko pachi lagi rako khaber dharai suneyo huti nahunala kena rajanti garnu hoina ra mati brgra pachi kasko ka laga cha ra kasala roka na sakacha ra aauta bhanai cha bidi ko bidhan bhanu ya bedamabana sasta ko khal bhanu ya benas samaya ko khal bapareta bepareta hudai jancha bhanako jastai bhako cha ka ko lagi ho ramaro ko lagi ho ya nepali janata la phari dukha din jhalanu parnu ho to chai prachand lai sodha huncha .........
    Posted By: Dinesh sharma
    Sep 03, 2010
    hi its me dinesh may be few min ago i sent u comment but until i can see that comment why? pls give me ans if u cant publics that comment so why u put hr comment box noo need put hr ok ....... dinesh
    Posted By: shivaji acharya
    Sep 29, 2010
    sathi haru ho yo neta haru ko k kura garnu .tesma pani maobad ko ta kurai chodau. yini haru aafno swartha ko lagi j pani garna tayar chan . yini haru gadha lai nuhayera gai banauna pani ber lagaudai nan
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक