५८ जना पुरुष तथा १४ जना महिलाको शव एकमाथि अर्को गरि चाङ् लागेको अवस्थामा भेटिएको थियो । उजुरी गर्ने प्रहरी चौकी आएका आप्रवासीका अनुसार मेक्सिकाली लागुपदार्थ तस्करको कुख्यात तथा शक्तिशाली समूह "जेटास" ले आमहत्या गरेको हो ।
जेटास समूह भूतपूर्व मेक्सिकाली भगौडा सैनिकले गठन गरेको हो । यो समूहले आफ्नो अखडा क्षेत्र हुँदै आवतजावत गर्ने जो कोहीसंग पनि जबरजस्ती पैसा असुली गर्दै आएको थियो ।
घटनास्थल अमेरिकाको टेक्सास राज्यको बाउन्सभिल नगरबाट १ सय ६० किलोमिटर मात्र टाढा रहेको छ ।
मृतकहरु ब्राजिल, इक्वेडर, एल साल्भाडोर र होण्डुरसबाट मेक्सिकोमा कामको खोजीमा आएका आप्रवासीहरु रहेका छन् ।