आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    भारतमा किसानहरुद्वारा संसद घेराउ
    August 26 2010

    भारत, अगष्ट / भारतको राजधानी नयाँ दिल्लीमा बिहिवार किसानहरुले प्रर्दशन गरेका छन् । दिल्लीलाई आगरासँग जोड्ने एक्सप्रेस सडक "ताज एक्सप्रेस वे" बनाउनका लागि भुमि अधिग्रहणको विरोध गरिरहेका किसानले विरोध प्रर्दशन गरेका हुन् । किसानहरुले संसद घेराउ समेत गरेका छन् ।

     

    यसै मागलाई लिएर किसानहरुले बुधवार उत्तर प्रदेश बन्द गरेका थिए ।

     

    अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जा बढाउन माग गर्दै किसानहरुले केही साता यता मथुरा, अलिगढ, आगरा सहित विभिन्न स्थानमा प्रर्दशन गर्दै आएका छन् । कयौं किसान भने आफ्नो जग्गा दिन चाहदैनन् ।

    किसानको आन्दोलनमा अहिलेसम्म तीन जनाको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भइसकेको छ ।

     

    यसपछि उत्तर प्रदेश सरकारले मथुरा तथा अलिगढका किसानलाई प्रतिवर्ग मिटर ४ सय ९० रुपैयालाई बढाएर ५ सय ७० मुआब्जा दिने निर्णय गरेको थियो ।

     

    तर, सरकारको यस निर्णयलाई किसानले स्विकार गरेनन् । उनीहरुले आफ्नो आन्दोलन जारी राखेका छन् ।

     

    किसानको आन्दोलनलाई कयौं राजनीतिक दलले समर्थन गरेका छन् । यस आन्दोलनलाई भारतीय जनता पार्टी(भाजपा), समाजवादी पार्टी, वामपन्थी दल सहित अन्य दलले समर्थन गरेका छन् ।

     

    सत्तारुढ कंग्रेस दलका महासचिव राहुल गान्धीले अलीगढमा आन्दोलन गरिरहेका किसानलाई भेटेका उनीहरुको आन्दोलन प्रति आफ्नो समर्थन व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक