अमेरिका, २७ अगष्ट / अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टर वन्दी वनाइएका अमेरिकीनागरिकलाई छुटाउन उत्तर कोरिया पुगेका छन् ।
उनी बन्दी बनाइएका एजोलोन गोमेसलाई छुटाउन बुधवार उत्तर कोरिया पुगेका हुन् । ऐजालोन गोमेसलाई उत्तर कोरियामा गत जनवरीदेखि आठ वर्षको कठिन श्रमसहितको बन्दी बनाइएको थियो ।
यसका साथै उनलाई ७ लाख डलर जरिवाना गरिएको थियो । गोमेसलाई अवैध तरिकाले चीनबाट उत्तर कोरिया प्रवेश गरेको आरोप लगाइएको छ ।
गोमेसलाई मुक्त गराएपछि कार्टर सिधै वोस्टनमा गोमेसका परिवारसँग पुनर्मिलनका लागि जाने बताइएको छ ।