अफगानिस्तान, २८ अगष्ट / सन् २०११ को जुलाईदेखि अफगानिस्तानमा युद्धरत नेटोसँग आबद्ध अमेरिकी सेनालाई फिर्ता लैजान सुरु गरिने अमेरिकी योजनाको अफगान राष्ट्रपति हमिद कार्जाईले आलोचना गरेका छन् ।
अफगान राष्ट्रपति हमिद कार्जाईले प्रेस विज्ञप्तिमार्फत सेना फिर्ता लैजाने अमेरिकी योजनाको आलोचना गरेका हुन् । बिहीबार अफगानिस्तान भ्रमणमा रहेका अमेरिकी सांसदले भष्टाचार व्याप्त अफगानिस्तानमा अमेरिकी सेना अब धेरै राख्न नहुने ओबामाको विचार रहेको बताएका थिए ।
पाकिस्तानसँग सीमाक्षेत्र जोडिएको अफगानिस्तानमा पाकिस्तानी तालिवानीहरू विनारोकतोक आउने र अफगानी तालिवान र अलकायदासँग निकट सम्बन्ध रहेको हुनाले आतंकवादलाई नियन्त्रण गर्न झन् गाह्रो परिरहेको काजाईर्ल बताए ।
यस्तो वेला अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लैजाँदा आतंकवादसँग लडाइँ जित्न नसकिने पनि उनले बताए ।
अमेरिकाले पहिले पाकिस्तानी तालिवानीका अखडा बन्द गराउनुपर्ने पनि कार्जाईले माग राखेका छन् । दशकौँदेखि चल्दै आएको यस युद्धमा अमेरिकी सैनिकको सहभागितामा निकै प्रगति भएको अवस्थामा अमेरिकाले हात झिक्न नमिल्ने कार्जाईको भनाइ छ ।