मलेसिया, २८ अगष्ट / रोजगारीको सिलसिलामा करिव तीन वर्ष अगाडि लक्की मेनपावरबाट मलेसिया गएका उदयपुर जिल्ला आखरले गा.वि.स.निवासी जंगबहादुर थापा मगरको मृत्यु भएको छ।
उनी मलेसियास्थित नेगरी सेम्बिलान युनाइटेट मोर कम्पनीमा कार्यरत थिए।
सधैको जस्तो कामबाट फर्किएर खानाखाई टि.भि. हेरेर करिव ११ वजेतिर सुतेका राइ एक्कासी करिव ३ वजेतिर चिच्याएका थिए । तत्कालै नजिक भएका साथीहरु गएर वोलाउदा उनको मृत्यु भइसेको थियो।
उनको शरिरलाई पोष्टमार्टमा गर्दा शरिरमा पानीको मात्रा कम भइ हटएट्याक भएको रिपोर्ट आएको छ। उनको घरमा आमाबुवा, साना साना भाइ बहिनी तथा मुटुको विरामी भएकी दिदी छिन्।