मलेसिया, २८ अगष्ट / मेक्सिकोको उत्तरपूर्वी शहर सिउडाड भिक्टारिआस्थित एउटा टेलिभिजनको कार्यालय बाहिर कार बम विष्फोट भएको छ।
विष्फोटका कारण टेलिभिजन कार्यालयको स्टेशन र उपकरणहरुमा क्षति पुगेको छ। जसका कारण टेलिभिजन प्रसारण बन्द भएको अधिकारीहरुले बताएका छन्।
यद्यपी कार बम विष्फोटबाट कोही पनि मानिस घाइते नभएको बताइएको छ। टेलिभिजन स्टूडियोबाहिर पार्क गरि राखिएको कार विष्फोट भएको र विष्फोटका कारण सो क्षेत्रमा रहेका अन्य भवनहरु पनि क्षतिग्रस्त भएको बताइएको छ।
टेलेभिजा टिभी मेक्सिकोको सवैभन्दा लोकप्रिय टेलिभिजन च्यानल हो। मेक्सिको सरकारले सो घटनाका सम्बन्धमा अनुसन्धान कार्य शुरु गरिसकेको छ।
मेक्सिकोका यसप्रकारका आक्रमणहरुमा लागु औषध तस्करहरुको हात रहदै आएको छ।