आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    वार्ता
    धमिला आकृतिलाई सम्झिरहन्छु
    August 28 2010

    बुबालाई सम्झेर...

     

    हालै मात्र अमेरिकाबाट नेपाल आएर बुबाको पुरानो डायरी चिठिहरू बटुलेर पुस्तकाकार रुपमा बजारमा ल्याएकी लैनसिंह वाङ्देलपुत्री डा.डिना वाङ्देल अमेरिकाको भर्जिनिया विश्वविद्यालयमा प्राध्यापन गर्छिन् विश्वविद्यालयमा उनी कला विषय पढाउँछिन् बुबाको पुरानो डायरी "मुलुकबाहिर मं" पुस्तक प्रकाशित गरेकी उनले "द सर्कल अफ ब्लेस" "पिल्ग्रीमेज अफ फेथ" गरि कला, दर्शन धर्मबारे दुइ पुस्तक प्रकाशित गरेकी छिन् लैनसिंह वाङ्देलले सन् २००२ मा यस भौतिक संसारबाट बिदा लिए तर, उनका कृतिहरूका मूल्य-मान्यता झनै बढ्दैछन् नेपालका विराट कलाकार वाङ्देलले विश्वका धेरै मुलुक यात्रा गरे , ति यात्राका सम्झना उनका विभिन्न पुस्तकमा सुरक्षित छन् वाङ्देलको "रोमको एउटा फूल प्यारिसको एउटा काँडा" अहिलेसम्मकै चर्चित यात्रा संस्मरण हो । हाल नेपाल आएका बेला अमेरिकादर्पणसंग डा. डिनाले आफ्ना पितालाई यसरी सम्झना गरिन् -

     

    बुबाले मलाईं कहिल्यै डिना भनेर बोलाउनुभएन सधैं उहाँ "छोरी" भन्नुहुन्थ्यो बुबासंगका धेरै मिठा सम्झना मसंग सुरक्षित छन् आकाश धुम्मिएको बेला वा बाहिर पानी बर्सिरहेको बेला उहाँलाई चित्र कोर्ने मुड बढि नै क्रियट हुन्थ्यो उहाँले चित्र बनाइरहँदा उहाँसंगै बेसें भने उहाँको हनुहारमा एउटा चमक देखिन्थ्यो उहाँले पेन्टिङ गरुन्जेल संगै बस्न भने मलाई दिक्क लाग्थ्यो यी सबै सम्झिरहँदा टोलाइरहन्छु  उहाँको हात क्यानभास पोत्नमै व्यस्त हुन्थ्यो बेला-बेला उहाँ भन्नुहुन्थ्यो, \\\'छोरी रंगमा ब्रस चोबिदेउ \\\' त्यसै गर्थें उहाँ निकै लामो समय पेन्टिङमा व्यस्त हुनुहुन्थ्यो , निकै लामो समयपछि एउटा पेन्टिङ तयार हुन्थ्यो एउटा एब्स्ट्रयाक्ट आर्ट ,साना घाँटि भएका लाम्चा-लाम्चा अनुहार पोट्रेटहरू अहिले सम्झन्छु, कलाकारको अनुभूति साँच्चै रंगिन हुन्छन्, नीलो, रातो कालो, क्यानभासमा छरिएका रंगजस्तै

    ******

    मेरो घरमा तस्बिरहरू जताततै झन्डिएका हुन्थे मेरो घरै एउटा ग्यालीजस्तो लाग्थ्यो कुनै एउटा तस्बिरमा मेरा आँखा टाँसिन्थ्यो त्यसबेला अर्कै संसारमा पुग्थें मेरो आँखा, मेरो मन, मेरो ध्यान, मेरो कल्पना अर्कै संसारमा झुन्डिरहन्थ्यो मलाई मेरो घर नै कलात्मक लाग्थ्यो बुबा घरमा बस्दा कि पेन्टिङ गर्नुहुन्थ्यो कि लेख्न बस्नुहुन्थ्यो उहाँको लेख पढ्दा पनि एउटा आर्टजस्तै लाग्थ्यो

    ******

    हाम्रो घरमा धेरै पछि टिभी ल्याएको हो हरेक साँझ घरको आँगनमा मकलमा सानो आगो बालेर हामी (म, ममि) बुबाको कुरा सुन्न भेला हुन्थ्यौं तातो सुप खाँदै उहाँ कथा सुनाउनुहुन्थ्यो उहाँका कथामा राजकुमार हुन्थे, एउटा सुन्दर गाउँ हुन्थ्यो अनेक थरि हुन्थे उहाँको कथा सुनेर दंग पर्थें कहिलेकाहीँ कथा यति लम्बिन्थ्यो कि आधा रात हुन्थ्यो, कथा सिद्धिदैनथ्यो उहाँ प्रत्येक दिन कथा सुनाउनुहुन्थ्यो त्यो एउटै कथाको लामो सिरिज हुन्थ्यो कहिलेकाहीं त्यो कथा वर्षौंसम्म पनि सिद्धिदैनथ्यो

    ******

    उहाँ चर्चित चित्रकार भिन्सेन्ट भ्यानगगको चिहानको बारेमा भन्नुभएको थियो-भ्यानगगको चिहान बडो साधारण रहेछ छोरी त्यहाँ लहरा पातले छोपेको रहेछ सिराननेर सेतो पत्थर उभ्याइएको थियो, जसमा लेखिएको थियो-यहिं भिन्सेन्ट भ्यानगग सुतेका छन् चिहानमाथि यत्रतत्र फूलैफूल छरिएको थियो वसन्तको आगमनमा फुलेको फूल टिपी मैले पनि भ्यानगगलाई श्रद्धान्जलि चढाएं भ्यानगगले एकान्त खेतमा चित्र बनाइरहेका बेला उनले रिवल्वरले पेटमा गोली हानेर आत्महत्या गरे एकपटक बुबाले विदेशी भूमिमै रहँदा आमा छाँयाँलाई एउटा चिठि लेख्नुभएको थियो-\\\'भ्यानगगले पेन्टिङ बेचेनन सुसाइड गरे तर, हेर सुसाइड गर्दिनं \\\' कक्षा पढ्दा बुबाले मलाई भ्यानगगको जीवनी \\\'लस्ट फर लाइफ\\\' पढ्न दिनुभयो मैले त्यो पढेपछि भ्यानगगको जीवन सम्झेर धेरेबेर टोलाउँथें

    ******

    विश्वचर्चित कला फिल्म निर्देशक सत्यजीत रेस बुबाको निकै राम्रो दोस्ती थियो बुबा सत्यजीत रे एउटै कलेज ,एउटै कक्षामा पढ्नुभएको रे सत्यजीत रे नेपाल आएका बेला हाम्रै घरमा बस्नुहुन्थ्यो , बुबा उहाँबिच लामो समय कला फिल्मको बारेमा कुरा हुन्थ्यो उहाँहरूका मिठा गफ सुनेर दंग पर्थें सत्यजीत रे एउटा फिल्म सुटिङको लागि नेपाल आउनुभएको थियो उहाँले मलाई बिस्तारै बोलाएर उहाँको बायोग्राफि दिंदै भन्नुभयो-छोरी तिम्रो बुबा मेरो सम्बन्ध यहि बायोग्राफिमा , पढ्नु \\\'

    ******

    यता आइ. पास गरेपछि अमेरिका पढ्न गएं त्यसपछि मेरो अधिकांस समय उतै बित्यो बुबा धेरै विदेशी भूमिमा संगै घुम्न गएका छौं हामी अमेरिका, युरोपमा धेरै देशहरू संगै घुम्यौं उहाँलाई फ्रेन्च अमेरिकन वाइन कलेक्ट गर्ने सोख थियो ५० वर्ष पुरानो वाइन पनि उहाँले कलेक्ट गर्नुभएको थियो

    उहाँका धेरै चिठीहरू, जुन उहाँले विदेशी भूमिमा हुँदा आमालाई  पठाउनुभएको थियो, ती मसंग सुरक्षित छन् ती धेरै चिठि बटुलेर मैले किताब छपाएँ तीमध्ये धेरै  चिठिहरू किताब \\\'मुलुकबाहिर \\\' मा छापेको छु

    ******

    बुबा उमेरमा तीस पनि नलागि कलाको उच्च शिक्षा लिन सन् १९५२ मा भारतको कोलकाताबाट तीन महिनासम्म लगातारको जहाज यात्रा गर्दै युरोपभूमि पुग्नुभएको थियो मलाई बेलाबेला ती सम्झना पनि सुनाउनुहुन्थ्यो युरोप पढेर सन् १९६१ मा दार्जिलिङ हुँदै नेपाल आएपछि पनि लामो समय फर्पिङको स्कुलमा पढाउने धरणीधर कोइरालालाई नभेटेपछि उहाँले बुबालाई एउटा पत्र पठाएछन् पत्रमा लेखिएको -\\\'कान्छा अब नजिकको देउतालाई हेलां ?\\\'

    ******

    बुबाको डायरी लेख्ने बानी थियो ती डायरीमा उहाँका दैनिक घटना सम्झनाहरू लेख्नुहुन्थयो ती डायरीका केही सम्झना मसंग सुरक्षित छन् वर्षघि बुबा बितेपछि उहाँका डायरी, किताब, पेन्टिङ चिठिहरूप्रति मेरो माया झनै बढेको ती चिठीहरूलाई सम्झदा खुब नोस्टाल्जिक हुन्छु अतितका ती दिनहरू मेरा कल्पनामा आउँदै-जाँदै गर्छन् क्यानभासमा पोतिएका धमिला आकृतिलाई सम्झिरहन्छु

     

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक