आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    संस्मरण
    'सिंहदरबारभित्र आर्मी नै आर्मी थिए'
    August 28 2010

    गएको आइतबार दिनको बजेर २५ मिनेट जाँदैछ हामीलाई एकछिन कुराएर भर्खरै "भात" खाइसकेका डायमन शमशेर रोकि-रोकि आफ्ना विगत हामीसामू उज्याइरहेछन् "हिजोभन्दा अलि सञ्चो अहिले ?" हाम्रो प्रश्न हामीतिरै फ्याँक्छन् उनी, "सञ्चो कहिले पो भाको ? अब सञ्चो हुँदैन पनि, आँखाले पनि राम्ररी देख्न छाडिसक्यो," आफूसामू सजाइरहेको काँचको "एकुरिएम" भित्र तैरिरहेका साना सुनौला माछा हेर्दै गर्दा डायमनका नजर अलि निहुरिए, "म उभिएको, हाँसेको देख्दा ठिकै छजस्तो लाग्ला तर भित्रभित्रै खिइसकेको छु, कमजोर भइसकेको छु ।" हाम्रा क्यामरामले "क्लिक" गर्नै लाग्दा उनले थपे? "फोटो खिच्ने थाहा पाएको भए दाह्री काटेर बस्थेँ नि ।" उनको ठट्यौली बुढो मुस्कान देखेर लाग्यो- "वाह, जीवनप्रति कत्रो मोह ।" हामी अघिल्तिर, "सेतो बाघ" "बसन्ती" को बिस्कुन लागेको आकाश धमिलो थियो, भँवराहरू अन्तै डुल्न गएका थिए कुपण्डोल अलिक गल्लिभित्रको घरमा एक्लै भेटिएका "सेतो बाघ"का पिता डायमन २००७ सालको प्रजातन्त्र प्राप्तिका वर्षर त्यसका सेरोफेरोमा घोरिए स्मृतिमा हेलिए- लौ सुन्नुस्, रमाइलो कुरा भन्छु, भोली तपाइँहरूले सुन्न पाउनु होला कि नहोला !

     

    राणाको एकतन्त्रीय शासन थियो मेरो हजुरबुबा शेरबहादुर राणा जर्नेल थिए बुबा बुद्ध शमसेर कर्णेल हुनुहुन्थ्यो, २००६ साल काँचो इटाको घरका झ्याल-ढोका डामडुम थुनिएका छन् इन्द्रचोकमा एकान्त व्याप्त थियो, अंध्यारो पनि हामीमाथि घोप्टिरहेथ्यो एकैछिनमा एक-दुइ-तीन हुँदै दस मानिस आइपुगे सास ढक्क फुल्यो वरिपरि क्रान्तिका ज्वाला बोकेका ललाटहरू टल्किरहेका छन् पाकशाला उछिनेर कमलाक्षी पुग्नै लाग्दा पछिल्तीर फर्किएं, ओहो लावालस्करै लागिसकेको रहेछ उनीहरूले भने- "लौ नारा लगा" त्यो भीडबाट एक/एक मुक्का मात्रै बर्सिए पनि ठुलै कुटाइ खाने छाँट थियो मैले आँखा चारैतिर डुलाएर जोडले नारा घन्काएँ- "राणशाहि होशियार" मेरो चर्को आवाजसंगै कमलाक्षीका घरघरका झ्याल-ढोका थुनिंदै-खुलिंदै ढप्किन थाले झ्याल ढोका ढप्किदा उछिट्टएको ध्वनि टुंडिखेलमा सैनिकले परेड खेल्दा आउने आवाजजस्तै थियो मैले त्यतिबेला राणाशाहि मुर्दावाद चाँहि भनिंन यस्तो नारा लगाउनु भनेको महाअपराध थियो मैले नारा लाउन थालेपछि सबैले झ्याल ढोका थुन्न थाले

    इन्द्रचोकमा एक्लै थिएं चारैतिर हेरें कोही थिएनन् एकैछिनमा १० मानिस टुपुल्किए उनीहरू कसैलाई पनि मैले चिनेको थिइनँ मलाई भने चिनेका रहेछन् अघि बढें, उनीहरू पछि लाग्न थाले हुँदा हुँदा भिडले बाटो ढाक्न थाल्यो राणाशासनविरुद्ध पहिलोबाजी आन्दोलन छेड्दाताका सेनाको उच्चतहमै थिएं तर, जुलुसको नेतृत्व गर्न कांग्रेसले मलाईनै जिम्मा दिएको रहेछ त्यो मैले पछि मात्र थाहा पाँए सेनामै भएपनि कसैलाई मेरो भरोसा थिएन भीडभित्र जासुसी गर्नए आएँ की भन्ने आशंका जन्मियो त्यही भएर मलाई घेर्न आएका रहेछन् नारा लगाउन लाए तर मभित्र पनि आन्दोलनको ज्वाला थियो, त्यसदिन विस्फोट भयो "राणाशाही होसियार", मेरो नाराले खल्बली मच्चियो कमलाक्षीवरिपरि सुरक्षाकर्मीका बुट पड्कीन थाले हुलभित्र नारा झनझन दन्किन थाल्यो, त्यहिबेला नाटककार बालकृष्ण सम हाम्रै भीडमा मिसिन आइपुगे बुलकृष्ण दाई मेरै नेतृत्वको जुलुसमा भाग लिन आउनुभएको थियो मभन्दा १६ वर्षजेठा उनी तत्काल पक्राउ पर्यौं संगै एकजना श्रेष्ठ पनि परे उनी अस्वाभाविक ढंगले मिसिन आएका थिए पछि, थाहा भयो ती मान्छे सीआइडी रहेछन्

     

    ०००

     

    राणाशासन चलेको आर्मीले हो नी सिंहदरबारभित्र जताततै आर्मिनै आर्मि थिए हामी पाँच पुस्ते हुर्केका आन्द्रा भुँडि जम्मै थाहा थियो मलाई मृत्युसंग डर त्यतिबेला लाग्यो जुन रात सिंहदरबार आर्मिले घेरिइसकेको थियो पनि पक्राउ परेको थिए। मैले आर्मिका हातमा "लेटेस्ट"हतियारहरू देखें त्यो देखेर छक्क परेको थिएं पनि हिन्दुस्थानको आर्मी एकेडेमी "पी माओ"मा प्रशिक्षित आर्मी हुं नि कुन हतियार कस्तो सबै थाहा थियो आर्मिको ट्रेन्ड मान्छे, जेलभित्र रहँदा त्यस्तो हतियार मैलेभन्दा अरू कसैले चलाउन सक्ला भन्ने विश्वासै गरेको थिइन आफैंले सिकाउँदै गरेका जवानहरूले आधुनिक हतियार चलाउन सक्छन् भन्नेमा एकरत्ति पनि विश्वास थिएन मलाई यसो हेरें सबै चिनेका जवानहरू मात्रै छन् त्यसैले मलाई मारिहाल्लान् भन्ने कुरै भएन मार्दैन भन्ने पक्का भएपछि मैले बालकृष्ण दाइसंग भनें "ई यी आर्मी सबै चिनेकै हुन्, यिनीहरूलाई हातमा लिएर मोहन समसेरलाई फाल्नुपर्लाजस्तो ।" र समले भने- "सो गर्नुहुन्न बाहिर आन्दोलन चर्किसकेको देशभर क्रान्तिको आगो दन्किन सुरु भइसकेको हामी शानसाथ छुट्छौं ।" "अब मारिइदैन" भन्ने पक्का भएपछि मेरो अनुहारमा सायद एउटा छुट्टै कान्ति आयो तर, "मैसंग जेल परेका बालकृष्ण दाजुले बाहिरका क्रान्तिको आगो दन्किरहेको कुरा कसरी थाहा पाए" भन्ने प्रश्न मनमा उब्जियो सोधें, "यो सब कसरी थाहा पाउनु भो दाइ ?"  "यी यो चियाको थर्मसबाट", बालकृष्ण दाइले मुस्कुराउँदै थर्मस देखाए "चिया पुर्याउन ल्याउँदा यो थर्मस भित्र चिठ्ठी पनि आउंथ्यो",उनले चतुरसाथ मलाई सम्झाए जेलमा दाइलाई चिया पुर्याउन ल्याउँदा उनकी अर्धाङ्गीनीले त्यससंगै बाहिरी खबर पनि लेखेर पठाउने गरेको पछि बुझेँ दाइ बुद्धिजिवी मान्छे, बाहिरको एक से एक खबर थाहा पाउनु हुँदोरहेछ

     

    हामी थुनिएकै रात हल्ला फैलिइसकेछ त्यसको दुइ-तीन दिनपछि कांग्रेसले सशस्त्र आन्दोलन छेड्न थाल्यो उसले आफ्नो जनमुक्ति सेना चारैतिर हुल्न थाल्यो कांग्रेसले सशस्त्र आन्दोलन नछेडेको भए मलाई फाँसि चढाइसकेको हुन्थ्यो त्यसैले यो देशमा प्रजातन्त्र आउनुमा सबैभन्दा बढि योगदान मेरो सिंहदरबारभित्र कति बसियो ठ्याक्कै हेक्का छैन तर, त्यहाँबाट निस्कदा राणाशासन अलि-अलि झुकिसकेको थियो

     

    ०००

    मसंगै पक्राउ परेका बालकृष्ण दाइ नदेखेपछि मैले ठानेको थिएं- मलाई मात्र जेल हालियो तर, एकै घन्टाको फरकमा बालकृष्ण दाईलाई पनि खोरमा ल्याए भित्र के हुलिएको थियो उनीमाथि केरकार सुरु भइहाल्यो लौ भन् किन जुलुसमा गा'को - राणा भएर राणाकै खिलाप गर्ने ? "मैले मनको कुरा व्यक्त गरेको् हुं"-, समले भने कहलिएका विद्वान बालकृष्ण सेनासामु झुकेनन् पनि झुकिनँ राणा खिलाप लागेको "फतुर" मा हामीलाई "फाँसी" दिनेसम्मको हल्ला चल्यो "लौ माफि माग छोडिदिन्छौं" मलाई समलाई झुकाउने चेष्टा पनि भयो तर हामी हाम्रो अडानमै बसिरह्यौं ज्यानको पर्वाह गरिएनँ, आखिर सेनाको केही लागेन कुरा श्री मोहन शमशेर कहाँ पुग्यो बालकृष्ण पनि थुनामा परेको खबरले झनै सनसनी मच्चियो कारण, उनी श्री का दाहिने हात चन्द्रजंग थापाकी एक्ली छोरीका पति थिए ज्वांइ जेल परेको खबरले चन्द्रजगं रन्किनुसम्म रन्किए मलाई थाहा थियो बालकृष्ण दाइलाई जसरी पनि छुटाइन्छ सिंहदरबारको कालो दिन सम्झिंदा अहिले पनि रिङ्गाटा लाग्छ बालकृष्ण दाई त्यतिबेलै कहलिइसक्नु भएको मान्छे, त्यसमाथि चन्द्रजगंको एक्लो ज्वाईं तर, मजस्ताको के कुरा फांसि दिने कुरा पक्का भइसकेको रेडियो स्टेसनमा थुनिएको त्यो कालो रात मैले फांसि पाउने कुराले मलाई यो बुढ्यौलीमा पनि झक्झकाइरहन्छ

     

    ०००

    "सेतो बाघ" मैले नख्खु बस्दा लेखेको, त्यो जेलमै फालेर हिंडेको थिएं, सत्य घटना अझ रोचक बनाउन मैले साहित्यिक अनुराग दिएको हुं मैले जेलबाट छुटेको दिन त्यो उपन्यास त्यहीं फालेर हिंडेको थिएं तर, जेलरले नेहरू, गान्धीको उदाहरण दिंदै जेलमा लेखेको किताब महत्वपूर्ण हुने बताउंदै जबर्जस्ती मैलाई नै थमाइदिए त्यही फालिएको सेतो बाघ मेरो सर्वाधिक चर्चित ऐतिहासिक उपन्यास बन्यो त्यसको रोयल्टी अहिले पनि लिंदैछु यो उपन्यास फ्रेन्च, जर्मनी, अंग्रेजी, जापानी हिन्दी भाषामा समेत अनुवाद गरिएको लेखक बन्न चाहन्नथें मेरो मुख्य बाटो राजनीति हो मैले जति पनि लेखें पञ्चायती व्यवस्था हुँदा त्यसको विरोधमा लेखें यो मोडसम्म आइपुग्दा मेरो मिसन पूरा भइसकेको मैले अब लेख्नु पनि पर्दैन राजनीति पनि पछ्याउनु पर्दैन ढुक्क छु अब जति बाँचिन्छ खुसीसाथ बाँच्छु शरीर बुढो भएपनि आफूलाई इन्द्रचोकमा ठडिएको ठिटो डायमनको कल्पना गरिरहेको छु, जो क्रान्तिको ज्वाला चम्काइरहेको लस्कर भन्दैछ, "राणाशाही खबरदार ।"

     

    ०००

     

    राणाशाही विरुद्ध लागेकोमा दरबार दङ्ग थियो विशेष सभा-समारोहमा मेरो उपस्थिति अनिवार्य थियो मबिना त्रिभुवन महेन्द्र कुनै भोज रात्रि कार्यक्रम गर्दैर्नथे तर, पनि मेरो मन कता कता बिझिरहेको थियो २००७ सालमा फेरी आर्मिमै प्रवेश गरें राणाशाही ढल्यो तर अर्को निरंकुश "पञ्चायती व्यवस्था" सुरु भयो "राजाको पञ्चायती व्यवस्था मान्छौ ?" शासक प्रश्न गथ्र्यो "मान्दिन हामीलाई प्रजातन्त्र पो चाहिन्छ" ठाडै प्रतिवाद गर्थें "त्योभए लैजाउ जेलमा" सुरक्षाकर्मी घोक्रेठ्याक लगाउंदै भन्थे त्यतिबेला ललितपुरको कांग्रेस अध्यक्ष भइसकेको थिएं यसरी जेल कति परियो कति यहाँ मलाई नराखेको जेलै छैन हामीले उनीहरूको शर्त नमान्दा पटक-पटक थुनिनुपरेको थियो स्थानीय ठानाका सामान्य खोरदेखि भद्रगोल सेन्ट्रल जेलसम्म पुग्यो मेरो यात्रा हुँदा-हुँदा एकदिन मलाई चिडियाखानामा समेत लगेर थुने एकैछिन मलाई कहाँ ल्याएर थुनेको जस्तो पनि लाग्यो चिडियाखानामा पो रैछ कतै वर्ष कतै महिना गर्दागर्दै तीस वर्षजेल नेल भोगिएछ बाबै ! अब ती दिनहरू आँखामा एक एक गरि नाच्न थालेका छन् ती सम्झनाहरूले चिर्थोछन्, यो बुढो शरीर एकाएक थाकेजस्तो हुन्छ

    Comments
    Posted By: shersingh
    Nov 07, 2010
    जब सम्म संबिधान बन्दैन , नेपाली सेनाले जनताको सर्बोच्चता शिरोपर गरेर दुवै सेना मिलाएर लोकतान्त्रिक नेपाली सेना बनाईदैन तबसम्म जनमुक्ति सेना रहिरहनु पर्दछ ! हामीले देखिरहेकाछौ नेपाली सेनाको गतिबिधि हत्यारा , अपराधी सेनालाई अदालतमा नबुझाएर बढुवा , म्यादथप गरिरहेका छन् ! अघाएर डकारीरहेका जर्नेलहरुलाई पेन्सनमा नपठाएर उनीहरु बिना देसै नचल्ने जस्तो गरि जबर्जस्ति म्याद थप्दै नयालाई अवसर दिनुको सट्टा राखी राख्न एमाले र कांग्रेसहरुसंग मिलिभगत भै रहेकोछ ! यसबाट प्रष्टै बुझिन्छ कि नेपाली सेना सरकारको मातहतमा नरहेर पुरानै हुकुमी निरंग्कुश शक्ति बन्न चाहन्छ ! जनतालाई चाकर बनाउन चाहन्छन ! तसर्थ यी खतरनाक जनताका शत्रुहरुलाई ठिक साइजमा नल्यान्जेल माओबादी जनसेना रहिरहनु अनिबार्य आवस्यकता देखिन्छ ! कमान्डर बलदेवकोweekly nepal मा प्रकाशित अन्तरबार्ताको भनाइ शतप्रतिशत सहि छ ! सम्बन्धितweeklynepal मा प्रतिक्रिया प्रकाशित नभएकोले अन्यत्र transfer गरेकोछु !
    Posted By: shersingh
    Nov 11, 2010
    नेपाली कांग्रेस र एमाले जस्ता भारतीय दलाल पार्टीहरुको मिलिभगत षडयन्त्र हो ! यिनीहरुले जस्तो सुकै षडयन्त्र गरेपनि सफल हुन सक्दैन ! अब नेपाली जनता यस्ता षडयन्त्रकारीहरुको दह्रोसंग जवाफी मुकाबिला गर्न तयारीकासाथ सक्क्षम भै सकेकाछन् ! यी भारतीय दलाल पार्टी कांग्रेस , एमालेहरुले भारतको आडमा नेपाली जनतालाई दलेर खाने दिन गए ! यी दलाली पार्टीहरुले एउटा कुरो के बुझ्न जरुरि छ भने दलालीले सधै दास नै भएर रहनु पर्छ , मालिकले कुनैहालतमा मुक्ति दिनेछैन ! मालिकले कत्तिसम्म गिरेर षड्यन्त्रका तानाबाना बुनिबुनी आफ्नो कब्जामा राखिराख्न चाहन्छन ! यी माथिका भारतीय षडयन्त्रले पुष्टि गरेकोछ ! दलाली पार्टीहरुहो ! दासबाट मुक्ति लिन सबै मिलेर भारतीय अत्याचारको खुलेर बिरोध गर ! सिमाना मिचिरहदा, चेली बलात्कार गरि हत्या गरि रहदा किन चुप भएर बस्छौ? तिमीहरुमा अलिकतिपनि सार्बभौम स्वाभिमानी भएर बाच्न मन छैन ? कत्तिदीन बिदेसिको दास भै रहन्छौ ?
    Posted By: shersingh
    Nov 21, 2010
    हज्जारौ शहिदहरुको बलिदानी सहित माओबादीहरुले जनता र राष्ट्रलाइ द्रुतरुपमा अगाडी बढाउन गरिरहेको अथक भगिरथ प्रयासहरु रोक्न दुष्प्रयास गर्ने जनताका शत्रुहरुको हात मात्र होइन खुट्टा भाच्नु पर्छ ! ताकि सयौवर्षदेखि जनता र राष्ट्रका बिरुद्द पटक पटक चालिने गलत पाइलाहरु पुन चाल्न नसकोस ! जनता र रास्ट्रको मुक्तिको लागि कात्रोबाधेर बन्दुक बोकेका हातहरु अन्याअत्याचार हुदा अन्याको बिरुद्दमा बज्रिनु स्वाभाविक हुन्छ ! बिज्ञानले पनि तेही भन्छ ! करोडौ नेपालीको बिचारले पनि तेही भन्छ ! अग्रगमनका हातहरु अगाडी बढ ! यी अन्यायी सामन्ती अत्याचारी जनताका बैरीहरुलाई नष्टगर्न नेपाली जनताहरुले मात्र होइन पृथिबीभरिका न्यायप्रेमी जनताहरुले साथ दिनेछन ! यिनीहरुको पतन, नष्ट अवस्यम्भाबी छ , समाप्त हुन अनिबार्य आवस्यक छ !
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक