आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    खेलकुद
    सर्वाधिक आर्जन गर्ने महिला खेलाडी
    August 28 2010

    फोर्बस पत्रिकाका अनुसार रुसी टेनिस सुन्दरी मारिया सारापोभा विश्वमा सर्वाधिक आयआर्जन गर्ने महिला खेलाडी हुन् । गत वर्ष सारापोभाले कुल दुई करोड ४५ लाख अमेरिकी डलर कमाएकी थिइन्, जसमा १० लाख अमेरिकी डलर पुरस्कार रकमबापत थियो भने बाँकी प्रायोजनबाट ।

     

    २००४ मा १७ वर्षकै उमेरमा विम्बल्डनको उपाधि जितेपछि रातारात टेनिस स्टार बनेकी २३ वर्षीया सारापोभालाई अहिले विश्वभरिका ब्रान्डबाट प्रायोजन प्रस्ताव आउने गरेको छ । जसमा उनले क्यानन, मोटोरोला, टिफानी, ल्यान्ड रोभर तथा कोलगेट पालोलिभका लागि प्रचार गर्छिन् । तर, उनको सबैभन्दा राम्रो प्रायोजक भने नाइक हो, सो कम्पनीले गत जनवरीमा उनलाई आठ वर्षका लागि सात करोड अमेरिकी डलरमा करारमा लिएको छ । नाइककै सहनिर्माता "को हान"ले समेत उनलाई ब्याग तथा जुत्ता प्रचारका लागि थप रकम दिने गरेको छ ।

     

    पछिल्लो एक दशकदेखि महिला टेनिसमा दबदबा राखेकी विलियम्स दिदीबहिनी भने दोस्रो तथा तेस्रो स्थानमा छन् । चोटका कारण युएस ओपनमा नखेल्ने घोषणा गरेकी सेरेना दोस्रो स्थानमा छिन् । सेरेनाको वाषिर्क आम्दानी दुई करोड २० लाख डलर छ भने दिदी भेनसको एक करोड ५४ लाख डलर भएको म्यागेजिनले उल्लेख गरेको छ ।

     

    फोब्र्सका अनुसार फोरमुला वानकी डानिसा प्याटि्रक चौथो स्थानमा छिन् । विज्ञापन कम्पनीसँग खासै सम्बन्ध नराखेकी प्याट्रिकको वार्षीक आम्दानी एक करोड २० लाख डलर छ । २८ वर्षीया प्याट्रिकले गत सिजनमा एक उपाधि जितेकी थिइन् । तर, रेसिङ कम्पनीको वार्षीक आम्दानीको १० प्रतिशत बोनस उनले प्राप्त गर्न सफल भइन् ।

     

     

    यता, स्केटिङकी एक नम्बर चिनियाँ खेलाडी किम युङ ना पाँचौँ स्थानमा छिन् । सन् २०१० को विन्टर ओलम्पिकमा स्वर्णपदक जितेकी किमको आम्दानी ९७ लाख डलर रह्यो । १९ वर्षीया किम हुन्डाई, नाइक तथा सामसुङ कम्पनीसँग आबद्ध छिन् । दुई वर्षपछि लन्डनमा हुने ओलम्पिक प्रतियोगितामा उनले विश्व किर्तिमान कायम गर्दा मुख्य प्रायोजक कुकिमन बैंकले एक करोड डलर बोनस दिने घोषणा गरेको छ । यदि किमले विश्व किर्तिमान राखिन् भने दुई वर्षपछि सर्वाधिक धनी महिला बन्नेछिन् ।

     

    यसैगरी, गल्फर अनिका सोरेन्टान ८० लाख डलर कमाउँदै छैटौँ स्थानमा छिन् । ३९ वर्षीया सारेन्टान आठपटक महिला एलपिजिए वर्ष खेलाडी घोषित भइसकेकी छिन् । उनी कालावे, कटर एन्ड बुक, लेक्सस तथा रोलेक्स विश्वप्रसिद्ध कम्पनीसँग आबद्ध छिन । खेलबाहेक उनको अर्को रुचि भनेको गल्फ कोर्स डिजाइन गर्नु पनि हो ।

     

    सर्वाधिक धनी महिला खेलाडीको सूचीमा पूर्वएक नम्बर महिला खेलाडी अना इभानोभिकले सातौं स्थान रक्षा गरेकी छिन् । २२ वर्षया अनाको वार्षीक आम्दानी ७२ लाख छ । सन् २००८ की फ्रेन्च ओपन विजेता अना विभिन्न वेबसाइटमा चर्चित महिला टेनिस खेलाडी पनि हुन् ।

     

    यता, टेनिसकै जेलिना जान्कोभिक ५३ लाख डलर कमाइ गर्दै आठौँ स्थानमा रहिन् । २५ वर्षीया जेलिनाले टेनिसमा एक कीर्तिमान राखेकी छिन् । कुनै पनि ग्रान्डस्लाम उपाधि नजिती एटिपी वरियताको एक नम्बर ताज पहिरिने उनी पहिलो महिला हुन् । अघिल्लो वर्ष उनले चाइनिज बेस कम्पनी एन्थासँग सम्झौता गरेकी थिइन् ।

     

    गल्फ पाउला क्रेमेरोले ५२ लाख डलर आम्दानी गर्दै नवौँ स्थान हात पारेकी छिन् । २४ वर्षीया क्रेमेरो सन् २०१० को आधासत्रसम्म चोटका कारण कुनै पनि पिजिए प्रतियोगितामा भाग लिएकी छैनन् । गल्फकै लोरेना ओचा दसौँ स्थानमा छिन् । महिला गल्फ वरियतामा शीर्ष स्थानमा रहेकी ओचको वाषिर्क आम्दानी ५० लाख डलर छ ।

     

    फोर्ब्सको सर्वाधिक धनी तथा शक्तिशाली महिला र पुरुष कलाकार, खेलाडी तथा संगीतकर्मीको सूचीमा भने सारापोभा ७६ बाट ८१औँ स्थानमा झरेकी छिन् ।

    Comments
    Posted By: Agni Rai
    Sep 24, 2010
    yata skiting ko number ek kheladi china ko kim youg naa bhanera ullekh bhayekocha. tra 2010 ko winter olampic ma ta korea ko 19 bharsiye kim youg naa le gold mitel haat parin bhanne news thiyo ra prise lida pani korea ko bhani koreakai jhanda thiyo ta?
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक