अमेरिका-टेक्सास, अगस्ट-२९/ अमेरिकामा नेपाली सांस्कृतिक अभियानको फांटमा अग्रणी भूमिका खेल्दै आएको इन्द्रेणी सांस्कृतिक संघले आगामी सेप्टेम्बर ४ तारिख शनिबार बेलुका ७ बजे देखी संघको मुख्य कार्यालय अर्विङ सिटिको बेल्टलाइनमा नेपाली महिलाहरुको महान चाड तिजको कार्यक्रम भब्य रुपमा हुन गई रहेको कुरा संघको प्रचार बिभागले जनाएको छ । बिभागका अनुसार उक्त दिन टेक्सासमा बसोवास गर्ने सबै महिलाहरु लाई तिजको उक्त कार्यक्रममा उपस्थित हुन पनि अनुरोध गरेको छ ।
सुबिधा सम्पन्न संघको मुख्य कार्यालय हलमा हाल नेपाली मुलका बाल बच्चा हरुलाई म्याथको कक्षा, नांच गानको कक्षा, नेपाली भाषा कक्षा, अङ्रेजी कक्षा लगाएत योगा, स्वास्थ्य, धार्मिक, सामाजिक सभा तथा सेमिनार संचालन हुँदै आएका छन । एसै बिच संघको उक्त कार्यालय हलमा सेप्टेम्बर ५ तारिख आइतबार बेलुका ४:३० बजे टेक्सासमा रहेका नेपालीहरु जसलाई अमेरिकाको इमिग्रेसन संबन्धी समस्या र जानकारी आबस्यक परेको छ, तिनिहरु लाई ध्यानमा राखेर एक दिने सेमिनार संचालन हुँदै गरेको कुरा पनि प्रचार बिभागले जनाएको छ ।
सो सेमिनारमा अमेरिकाको न्युयोर्क देखी कानुनबिद बिनोद रोका आउँदै छन भने डालस फोर्टवोर्थका इमिग्रेसन संबन्धी कानुनबिद वोकिल सेरन टावर तथा साउथरन मेथोडीस्ट युनिभर्सिटी टेक्सास बाट एलएलएम सकाएर हाल इमिग्रेसन संबन्धी अध्ययन गरी रहेका नेपालको सर्बोच अदालतका अधिबक्ता सिपी रेग्मीले इमिग्रेसन संबन्धी जानकारी गराउने थाहा भएको छ ।
सेमिनार कार्यक्रम आयोजना गर्न बिशेष भूमिका खेल्ने समाजसेवी देवी आचार्य र आयोजक इन्द्रेणी सांस्कृतिक संघ र युएनडिएफ रहेको छ । इन्द्रेणी सांस्कृतिक संघ, टेक्सासको राज्य कानुन अनुसार दर्ता भएको गैर नाफा मुलक सामाजिक सांस्कृतिक संस्था हो भने, एसका सयौ सदस्य, समर्थक तथा सुभेछुक हरुको चन्दा सहयोग बाट सबै काम संचालन हुँदै आएको कुरा पनि सोही प्रचार बिभागले जनाएको छ ।
तिज कार्यक्रम को टिकट दर
1 प्रतीब्यक्ति $१५.00
२ प्रतीबच्चा (७ देखी १२ बर्षसम्म) $७.00