आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिका समाचार
    अमेरिकी सेना इराकबाट फर्कंदै
    August 29 2010

     

    अमेरिका, ३० अगष्ट / सात वर्षपछि हजारौँ अमेरिकी सेनाको मृत्यु खेपेर बल्ल अमेरिकी सेना इराकबाट फर्कंदै छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गत शनिबार यस्तो निर्णय सुनाएका हुन् ।

     

    "युद्ध सकिँदै छ, बस् कुरो यत्ति हो," ओबामाले रेडियो तथा वेबसाइटमार्फत राष्ट्रलाई सम्बोधन गर्दै भने । आउँदो बुधबारदेखि संयुक्त राज्य अमेरिकाले आफ्नो लडाकु मिसन सक्तै छ र अर्को वर्षको अन्त्यसम्ममा त्यस मुलुकबाट आफ्ना सारा सैनिक टुकडी फिर्ता बोलाउँदै छ ।

     

    ओबामाले आफू राष्ट्रपति पदका लागि प्रत्याशी हुँदा इराक युद्ध समाप्त गर्ने वचन दिएको र राष्ट्रपति हुँदा त्यही वचन पूरा गरेको बताए । "मैले ह्वाइट हाउस सम्हालेदेखि ६० हजार सैनिकलाई घर फिर्ता ल्याइयो, सयौँ सैन्य शिविर बन्द गरियो । इराकको थुप्रै भागमा इराकीले नै सुरक्षा नेतृत्व गरिरहेका छन्,'"उनले भने ।

     

    लडाकु मिसन सकिएपछि, करिब ५० हजार अमेरिकी सैनिकले इराकमा तालिम तथा सहयोग दिनेछन्, प्रतिआतंकवादी मिसनलाई सघाउनेछन् र त्यहाँका अमेरिकी नागरिक तथा सैनिक प्रयासको सुरक्षा गर्नेछन् ।

     

    मंगलबार ओबामाले ओभल अफिसमा इराकमा अमेरिकी लडाकु मिसनको अन्त्यसम्बन्धी एक सम्बोधन गर्ने कार्यक्रम छ । ह्वाइट हाउसका प्रवक्ता बिल बर्टनले राष्ट्रपतिले इराकमा मिसन अन्त्य गर्ने दिनको महत्त्व तथा अमेरिकाको इराक नीतिबारे कुराकानी गर्ने जनाएका छन् ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक