आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिका समाचार
    बन्दी लिएर कार्टर घर फर्के
    August 29 2010

     

    वासिंगटन, ३० अगष्ट / भूतपूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर उत्तर कोरियामा बन्दी बनाइएका एकजना अमेरिकी नागरिकलाई मुक्त गराई सँगै लिएर घर फर्केका छन्  

     

    कार्टर र जनवरीदेखि उत्तर कोरियामा थुनिएका एइजालोन महली गोम्स कार्टर गएकै गैरसैनिक जेटमा चढी स्वदेश फर्केका हुन्  । उनी उत्तर कोरियाली सरकारसँग वार्ता गरी गोम्सलाई मुक्त गर्न प्योङयाङ गएका थिए  

     

    बोस्टननिवासी तीसवर्षे गोम्स कुनै वेला दक्षिण कोरियामा अंग्रेजी भाषा पढाउने गर्थे र अवैध किसिमले उत्तर कोरियामा प्रवेश गरेको आरोपमा समातिएका थिए  

     

    अप्रिल ६ मा उनलाई ७ लाख अमेरिकी डलर जरिवानाका साथै आठ वर्ष कारावासको सजाय सुनाइएको थियो  । कार्टर कुनै पनि अमेरिकी सरकारी अधिकारी नलिएरै व्यक्तिगत हैसियतमा प्योङयाङ गएका थिए ।

    शान्तिका लागि नोबेल पुस्कारद्वारा सम्मानित कार्टरले यसअघि १९९४ मा उत्तर कोरियाको भ्रमण गरेका थिए  

     

    उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसिएनएका अनुसार, कार्टरले गोमले अवैध किसिमले उत्तर कोरियामा प्रवेश गरेकोमा त्यहाँका सर्वोच्च जनसभाको अध्यक्षमण्डलका अध्यक्ष किम योङ नामसमक्ष क्षमायाचना गरेका थिए र अब आइन्दा यस्तो घटना नदोहोरिने आश्वासन दिएका थिए ।

     

    उनले किमसँग उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ इलसमक्ष गोमलाई विशेष क्षमदान दिई घर जान दिन आग्रह गरेका थिए  

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक