स्लोभाकिया, ३१ अगष्ट / बन्दूकधारीले स्लोभाकियाको राजधानी ब्राटिसलाभामा जथाभावी गोलि प्रहार गर्दा ७ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
ती बन्दूकधारीले अन्त्यमा आफूले आफैलाइ गोलि हानी आत्महत्या गरेको पनि प्रहरीले जनाएको छ।
सो गोलिकाण्डमा एकै परिवारका ४ महिला र एक पुरुषको हत्या भएको बताइएको छ। गोलिकाण्ड ब्राटिसलाभाको डेभिन्स्का नोभा भेस जिल्लामा भएको हो