अमेरिका, ०१ सेप्टेम्बर, १६ भाद्र / अमेरिकाले नेपालमा रहेका भुटानी शरणार्थी मध्ये ३० हजारलाई पुनर्स्थापित गरेको जनाएको छ ।
नेपालस्थित अमेरिकी दुतावासले आज विज्ञप्ती जारी गर्दै विभिन्न समयमा गरी तीस हजार भुटानी शरणार्थीलाई पुनर्स्थापित गरिएको हो । अमेरिकाको ५० वटै राज्यमा भुटानी शरणार्थीहरुलाई पुनर्स्थापना गरिएको अमेरिकी दुतावासले जनाएको छ ।
अमेरिकामा मात्रै भुटानी शरणार्थीको पुनर्स्थापित संख्या तीस हजार पुगेको जनाएपछि तेस्रो मुलुकमा पुनर्स्थापना हुने भुटानी शरणार्थीको सख्या ३५ हजार पुगेको छ ।