आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिका समाचार
    टेक्सासमा शनिबार तिजको कार्यक्रम भब्य रुपमा गरिने - अमेरिकादर्पण सम्वाददाता
    September 02 2010

    अमेरिकामा नेपाली सांस्कृतिक अभियान लाई नेत्रुत्व गर्दै आएको इन्द्रेणी सांस्कृतिक संघले नेपाली महिलाहरुको महान चाड तिजको कार्यक्रम शनिबार सेप्टेमवर ४ तारिख बेलुका ७ बजे देखी राती २ बजे सम्म बिबिध सांस्कृतिक कार्यक्रम सहित भब्य रुपमा मनाउने भएको छ ।


    टेक्सासको नर्थबेल्ट्लाइन रोड अर्विङ सिटिमा मुख्य कार्यालय रहेको संघको सांस्कृतिक हलमा गरिने तिज कार्यक्रममा सहभागी बन्न अहिले सम्म सयौ महिलाहरुले नेपाली तथा नेपाली मुलका महिलाहरुको एकिक्रित तथा एकताबद्द रुपमा सहभागी बन्ने गरी जानकारी गराई सकेकोले सांस्कृतिक हलको तथा ब्यबस्थापन लाई प्रभावकारी बनाउनु पर्ने भएकोले सहभागी हुने महिलाहरुले शुक्रबार ८ बजे सम्म इन्द्रेणी सांस्कृतिक संघको कार्यालयमा वा संघका पदधिकारी वा आयोजकहरु लाई तुरुन्तै संपर्क गर्न पनि संघको प्रचार बिभागले जनाएको छ ।

     


    अमेरिकामा रहेका नेपालीहरु तथा नेपाली मुलका नेपालीहरु लाई नेपाली भाषा,  बिभिन्न नेपाली राष्ट्रिय चाड पर्वहरु, बिभिन्न धार्मिक कार्यक्रम, नांच गान तथा सांस्कृतिक कार्यक्रम, खेलकुद, सेमिनार, योगा, स्कुल लगाएत नेपाल देखी अमेरिका आउने नयाँ नेपालीहरु लाई बिभिन्न तरिकाले सहयोग पुरयाउदै आएको इन्द्रेणी परिवार गैरनाफा मुलक सांस्कृतिक सामाजिक संस्था हो र संघका सयौ सदस्यहरु तथा समर्थक, सहयोगी र शुभचिन्तक हरुको निरन्तर सहयोग बाट संचालित छ ।

    यो संस्थाको अध्यक्ष नेपालमा लामो समय सम्म संचार र सांस्कृतिक फांटमा महत्वपूर्ण योगदान गर्नु भएकि सरिता भट्ट हुनुहुन्छ । थप जानकारीको लागी वहाँको फोन ८१७-५२८-३८२९ मा वा इन्द्रेणी कार्यालयको फोन ९७२-८९०-६३०४ मा संपर्क गर्न पनि अनुरोध गरेको कुरा प्रचार बिभागले जनाएको छ।

     


    एसैबिच आइतबार सेप्टेम्वर ५ तारिख बेलुका ४ बजे देखी इन्द्रेणी सांस्कृतिक संघ र युएनडिएफको संयुक्त पहलमा अमेरिकाको टेक्सासमा रहेका नेपालीहरु जसलाई अमेरिकी इमिग्रेसन संबन्धी समस्या छ वा केही जानकारी लिनु छ भने संघको हलमा एकदिने सेमिनार हुने भएकोले सबै इछुक महानुभाव हरुलाई पनि उपस्थितिका लागी प्रचार बिभागले अनुरोध गरेको छ । टेक्सासका चर्चित इमिग्रेसन वकिल तथा नेपाली इमिग्रेसन संबन्धी वकिलहरुले बर्तमान अवस्थामा अमेरिकि इमिग्रेसन पोलिसी तथा नियम र समस्या समाधान संबन्धी जानकारी गराउने बुझिएको छ । थप जानकारीको लागी संघको कार्यालय वा समाजसेवी तथा इन्द्रेणी सांस्कृतिक संघका संपर्क बिभाग प्रमुख देवी आचार्य लाई फोन ८१७-३०८-९८३० मा संपर्क गर्न पनि भनिएको छ ।
     

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक