अर्भिङ्ग टेक्सास , ०३ सेप्टेम्बर / डालास काउण्टीको अर्भिङ्ग सिटीमा अवस्थित नेपालीहरुको साझा चौतारी इन्द्रेणी सांस्कृतिक सघं, जनसम्पर्क विभागको आयोजनामा गत आइतवार विहान सघंकै कार्यालयमा योग कक्षा सञ्चालन भएको जानकारी सो विभागका संयोजक देवी आचार्यले गराउनु भयो ।
आचार्यका अनुसार श्री स्वामी महाराज रामदेवका शिष्य बरिष्ठ योग शिक्षक तथा शिक्षिकाको प्रत्यक्ष सहयोगमा सम्पन्न योग कार्यक्रममा सहभागीहरुको चाहना अनुसार इन्द्रेणी सांस्कृतिक सघंले अब उप्रान्त योग सम्वन्धि कार्यक्रम नियमित रुपमा गर्दै जाने जनाएकोछ ।
जस अनुसार आगामी September १९ र २६ तारिख आईतवार विहान ०९.०० बजे सघंको कार्यलय, Nepali Cultural Center, 3025 N. Beltline Rd. Irving, TX 75062 (TNL Complex) मा हुनेछ ।
सञ्चालकहरुले बताए अनुसार योग ब्यायमबाट मानसिक एवं बौद्धिक विकासका साथै शारिरमा पनि दिर्घ असर पार्ने मधुमेय, उच्च रक्तचाप लगायत रोगहरु निर्मुल भएर जानेछन् । स्मरण रहोस, संघले नेपालीहरुको धार्मिक पर्व श्री कृष्णाअष्टामीमा संघको सास्कृतिक भवनमा भजन कृतन सहित भव्य रुपमा मनायो ।
इन्द्रेणी सांस्कृतिक सघंले विगत बर्षहरु देखिनै यस्ता लोकप्रीय तथा रचानात्मक कार्यक्रमहरु गर्नुको साथै नेपाली चाडपर्वहरुलाई आफ्नै रिति रिवाज अनुसार मनाउने तथा नेपाली संस्कृतिलाई जगेर्ना गर्ने खालका कार्यक्रमहरु गर्दै आएको कुरा छ ।
जस अनुसार यहि September ४ तारिखको शनिवार सांझ महिलाहरुको महान चाड हरितालिका तिज सांस्कृतिक कार्यक्रम एवं रात्रि भोज सहित भब्य रुपमा मनाईदैछ । त्यसैगरि September, ५ आईतवार अपरान्ह ४:३० बजे ख्याति प्राप्त कानूनविदहरुसंग Immigration सम्बन्धि वृहत अन्तरक्रिया कार्यक्रम गरिदैछ ।
उपरोक्त कार्यक्रमहरुमा सहभागी भईदिनु हुन संघले सादर अनुरोध गरेको छ ।