आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दै
    September 03 2010

    काठमाण्डौ, सेप्टेम्बर , भाद्र / व्यवस्थापिका संसदमा भोलि हुने प्रधानमन्त्रीको निर्वाचनमा कसलाई समर्थन गर्ने वा तटस्थ बस्ने भन्ने विषयमा छलफल गर्न मधेसवादी दलसम्वद्व संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दै छ ।

     

    मोर्चाको बैठक सिंहदरवारमा दिउँसो बस्ने बताइएपनि समयको टुङ्गो नलागेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले बताउनुभयो ।

     

    उहाँका अनुसार मोर्चाले सार्वजनिक गरेको अवधारणापत्रमा माओवादी सकारात्मक रहेपनि लडाकु समायोजन र शान्ति प्रक्रियाको विषयमा मोर्चाले माओवादीको स्पष्ट धारणाको अपेक्षा गरेको छ ।

     

    ४ महिनाभित्र लडाकु समायोजनाको काम सक्ने गरी कार्यतालिका सार्वजनिक गर्न सहमत भएमा र स्वायत्त मधेस एक प्रदेशको विषयमा समर्थन नगरे पनि सकारात्मक प्रतिक्रिया जनाएपछि भोलिको प्रधानमन्त्रीको चुनावमा मोर्चाले माओवादीलाई समर्थन गर्ने सोच बनाएको छ ।

     

    ५ पटकसम्मको चुनावमा तटस्थ बस्दै आएको मोर्चाले आशा गरेअनुसारको प्रतिक्रिया माओवादीले नदिएपछि भने फेरि मोर्चा तटस्थको निर्णयमा पुग्ने लोकतान्त्रिकका प्रमुख सचेतक चौधरीले जानकारी दिनुभयो ।

     

    मोर्चाको बैठक हिजो बस्ने तय गरिएको भएपनि सदभावनाका अध्यक्ष राजेन्द्र महतो काठमाण्डौं उपत्यका बाहिर रहेकाले आज बस्न लागेको हो ।

     

    मधेसी जनअधिकार फोरम नेपाल फोरम, लोकतान्त्रिक तराई मधेस लोकतान्त्रिक र सदभावना पार्टी नेपालका अध्यक्ष सहित २-२ जनाको बैठकमा सहभागिता रहने छ ।

     

    अहिलेसम्म मोर्चाले आधिकारिक रुपमा कुनै पनि पक्षलाई मत दिने निर्णय गरिनसकेको र यसअघिको तटस्त बस्ने अडान कायम रहेको मोर्चा आवद्ध दलका नेताहरुले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक