काठमाण्डौ, ०४ सेप्टेम्बर , १९ भाद्र / प्रहरी निरिक्षक बनाई दिने नाममा घुस लिंदा लिदै प्रकाउ परेका एमाले सभासद डोल बहादुर कार्की पक्राउ काण्डमा षडयन्त्र भएको दावी आदीवासी क्षेत्री राष्ट्रिय महासंघले गरेको छ ।
महासंघले आज पत्रकार सम्मेलन गरेर सभासद कार्कीलाई षडयन्त्रपूर्ण र नियोजित रुपमा फसाईएको दावी गरेको हो । पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय सदस्यसमेत रहेका सभासद कार्कीलाई सरकारले स-सम्मान तुरुन्त रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिईएको थियो ।
महासंघले आफना सदस्य प्रकाउ परेपछि आन्तरिक छानविन गरि उनी निर्दोष रहेको पाईएको तथ्यहरु पनि पत्रकार सम्मेलनमा प्रस्तुत गरेको थियो ।