आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    सभासद किन्न माओवादीले चिनियाँसँग ५० करोड रुपैयाँ मागे !
    September 03 2010

    काठमाण्डौ, सेप्टेम्बर , भाद्र / प्रधानमन्त्री चुनावका लागि एकीकृत नेकपा माओवादीका तर्फबाट कृष्णबहादुर महराले चिनियाँसँग ५० करोड रुपैयाँ मागेको भनी नेपाल वान लगायतका टेलिभिजन च्यानलले दुई पक्षबीच भएको टेलिफोन रेकर्ड प्रसारण गरेका छन्।

     

    महराले चिनियाँसँग प्रति सभासद एक करोड रुपैयाँका दरले उक्त रकम मागेको टेलिभिजन च्यानलहरुले शुक्रबार सार्वजनिक गरे।

     

    महरा र चिनयाँसबीच भनिएको कुराकानीबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ। महराको जस्तै स्वरबाट चिनियाँ लवजका व्यक्तिसँग कुराकानी भएको प्रसारित रेकर्डमा सुनिन्छ। दुबै वार्ताकारको अंग्रेजी भाषा कमजोर छ। वार्ताको विवरण यहाँ प्रस्तुत गरिएको छ :

     

     

    - मि. महरा, मेरो एकजना साथी तपाईंहरूलाई सहयोग गर्ने सोच्दैछ, तर ऊ नेपाल आउन सक्दैन। त्यसैले, हामी अन्त कुनै ठाउँमा भेट्न सक्छौं कि?

     

    महरा : उसलाई कहाँ भेट्न सजिलो पर्ला?

     

    - तपाईंलाई हङकङ सजिलो पर्छ?

     

    महरा : ऊ कोसँग भेट्न चाहन्छ?

     

    - यो विषयमा कि तपाईं, कि तपाईंको अध्यक्ष। अरू हुन्न।

     

    महरा : हाम्रो अध्यक्षलाई यताउता गर्न अप्ठ्यारो पर्छ। उहाँ हङकङ जानुभयो भने सबैले हल्ला मच्चाउनेछन्। किनकि, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो र अहिले प्रधानमन्त्रीका उम्मेदवार पनि हुनुहुन्छ।

     

    - त्यसो भए तपाईं मेरो साथीलाई भेट्न उहाँको प्रतिनिधि भएर आउनुहुन्छ?

    महरा : म तयार छु। म जहाँ पनि जान सक्छु। तर, यो सन्देश हाम्रो अध्यक्ष प्रचण्डलाई पुर्‍याउनैपर्छ। यदि तपाईंले प्रचण्डलाई सन्देश पठाउनुभयो भने उहाँले सम्पूर्ण अधिकार मलाई दिन सक्नुहुन्छ।

     

    - ठिक छ, मिस्टर महरा। हामी माओवादीलाई ५० सिट दिलाउन कसरी मद्दत गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सबभन्दा पहिला तपाईंलाई भेट्ने सोच्दैछौं।

     

    महरा : सबभन्दा राम्रो ठाउँ चीन हुन्छ। चीन भन्नाले छेन्दु। यो ठाउँमा भेटे कसैले थाहा पाउँदैनन्।

    - यो एकदमै सम्वेदनशील विषय हो। हामी सरकारलाई यसमा जोड्न चाहँदैन। तपाईंले बुनुभयो होला नि, म के भन्दैछु।

     

    महरा : त्यसो भए सिंगापुर। हङकङमा धेरै नेपाली छन्। सिंगापुर नै ठिक हुन्छ।

     

    - ... मलाई साथीसँग गफ गर्न दिनुस्।

     

    महरा : हङकङ पनि हुनसक्छ ... साँझ म तपाईं फोन गर्छु।

     

    - तपाईं मलाई हङकङ हुन्छ कि हुँदैन भने दुई दिनमा बताउन सक्नुहुन्छ ?

    महरा : फोनमा ?

     

    - अँ, म यही नम्बरमा तपाईंको फोन कुर्नेछु।

     

    महरा : तपाईंले आफ्नो स्रोतबाट यसबारे हाम्रो अध्यक्षलाई जानकारी दिनुहोला।

     

    - मतलब हामीले तपाईंको अध्यक्षसँग कुरा गरौं भन्ने चाहनुहुन्छ?

    महरा : हुन्छ, म फोन गर्छु।

     

    महरा : तपाईंको सल्लाहअनुसार मैले अध्यक्षसँग गफ गरेँ। हामीले यसबारे छलफल गर्यौं। के अरू कसैले पनि अध्यक्षसँग कुराकानी गरिरहेको छ

    ?

     

    - मलाई थाहा छैन। मेरो तर्फबाट अहिलेसम्म यो कुरा म, मेरो साथी र तपाईंलाई मात्र थाहा छ।

     

    महरा : मैले अध्यक्षसँग गफ गरिसकेँ। उहाँले भन्नुभयो, चुनाव आउन चार दिनमात्र बाँकी रहेकाले बाहिरबाट कम्तिमा ५० जना सभासद् चाहिएको छ।

    ५० जना सभासद्का लागि हामीलाई प्रतिव्यक्ति कम्तिमा एक करोड रुपैयाँ चाहिन्छ।

     

    - प्रतिव्यक्ति एक करोड रुपैयाँ?

     

    महरा : अँ।

     

    - ठिक छ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक