काठमाण्डौ, ०४ सेप्टेम्बर , १९ भाद्र / नेकपा एमालेका नेता केपी ओलीले भोली हुने प्रधानमन्त्रीको छैठौ चरणको निर्वाचनबाट पनि प्रधानमन्त्री निर्वाचित हुन नसके सातौ चरणमा एमाले तटस्थ नबस्ने बताएका छन् ।
उनले सहमतिका लागि एमालेले लिएको तटस्थताको अडान उपयूक्त भए पनि बारम्बार परिणाम निस्कन नसक्दा मुलुकमा अन्यौलता ब्याप्त भएकोले पनि तटस्थताको निर्णयमा विचार गरिने बताउनु भएको हो ।
उपचारका लागि भन्दै राजनीतिक भेटवार्ता गर्न चार दिन दिल्ली बसेर शनिवार बिहान स्देश फर्केका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचाकर्मीसंग कुरा गर्दै भने- "लामो समयको प्रयास पछि पनि सहमति बन्न सकेन अब बहुमतीय पद्धति बाटै सरकार निर्माण गरेर भए पनि संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर याउनुपर्छ ।"
चार दिने दिल्ली बसाईका क्रममा ओलीले प्रणव मुखर्जी, लालकृष्ण आडवाणीलगायतका वरिष्ठ भारतीय नेताहरुसंग भेटबार्ता गरेको बताईएको छ ।
२० गते हुने प्रधानमन्त्रीको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले माओवादीलाई मत दिने हल्लाप्रति लक्षित गर्दै उनले भने- "त्यो पंन्चट भइसक्यो मोर्चाले माओवादीलाई मत दिने कुनै सम्भावना छैन ।"
उनले सत्ता कब्जाको लक्ष्य बोकेको माओवादी नागरिक पार्टी नभएसम्म उसको नेतृत्वम सरकार बन्ने सम्भावना नरहेको दावी गरे । एमालेको जारी केन्द्रीय समितिको बैठक स्थगित गरिएको प्रति आश्चर्य व्यक्त गर्दै उनले २४ गते बस्ने पोलिटब्यूरो बैठकले तटस्थ बस्ने निर्णयलाई पुर्नविचार गर्ने बताए ।
अर्को प्रसंगमा उनले कार्यदेश घटाएर मात्र अनमिनको म्याद थपिनु पर्ने बताए । ६ महिनाका लागि अनमिनको निगरानीमा राखिएको नेपाली सेना ४ वर्ष भइसक्दा पनि उसको निगरानीमा छूउनले भने-सेनालाई अस्तव्यस्त राख्न पाइदैंन ।
माओवादी र अनमिन नेपाली सेनालाई कमजोर बनाउने षडयन्त्रमा लागेको उनको आरोप थियो ।