काठमाण्डौ, ०४ सेप्टेम्बर , १९ भाद्र / कञ्चनपुरमा महाकाली नदी किनारमा एउटा शव जलाईएको अवस्थामा भेट्टिएको छ। नदीले बगाएर ल्याएको शव दोधारास्थित झोलुङ्गे पुल नजिक शनिबार प्रहरीले जलाईएको अवस्थामा भेट्टाएको हो।
शव महिला वा पुरषको पहिचान गर्न सकिने अवस्थामा छैन्। झोलुङ्गे पुलको खम्बामा अड्किएको शव निर्वस्त्र अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जनाएको छ।
प्रहरीले शव निकालेर मुचुल्का सहित पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखेको छ। शव पहिचान गर्न नसकिने अवस्थामा छ। रौं समेत जलेको अवस्थामा भेट्टिएकाले प्रहरीले अनुसन्धान थालेको छ।