काठमाण्डौ, ०४ सेप्टेम्बर , १९ भाद्र / सिद्धार्थ राजमार्ग अन्तरगत स्याङजाको जगत्रदेवी गाविस वडा न ७ वटुवामा गएको पहिरोले एउटा ट्रक पुरेको छ। पहिरोले लु १ ख ४५९० नम्बरको मालबाहक ट्रक पुरेको हो।
पहिरोबाट ट्रकलाई निकाल्ने प्रयास भैरहेको छ। पहिरोकै कारण राजमार्ग अबरुद्ध भएको छ।
यता, पहिरोकै कारण पर्वतको मालढुङ्गा-बेनी सडक गएरातिदेखि अबरुद्ध भएको छ। मालढुंगा बेनी सडक खण्डको माझफाँटमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो।