आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    एकीकरणको कामलाई गति दिन आह्वान
    September 04 2010

    ब्राजिल, सेप्टेम्बर /  ब्राजिलका राष्ट्रपति लुई इनासियो लुला दि सिल्वाले ल्याटिन अमेरिकाको एकीकरणको कामलाई तीव्र गति दिन आह्वान गरेका छन् ।

     

    भर्खरै स्थापना गरिएको ल्याटिन अमेरिकाको एकीकरणका लागि संघीय विश्वविद्यालय (उनिला) मा पहिलोपटक प्रवचन दिँदै लुलाले सो आग्रह गरेका हुन् ।

     

    उनिला पमराग्वेको सिमानजिकको पाराना राज्यको फोज दो इगाकु भन्ने ठाउँमा स्थापना गरिएको छ । नवस्थापित सो विश्वविद्यालयमा हाल ब्राजिल, अर्जेन्टिना, पाराग्वे र उरुग्वेका दुई सयजना विद्यार्थी छन् र त्यहाँ महाद्वीपको एकीकरण कार्यलाई उन्नत बनाउन प्रयास हुनेछ ।

     

    लुलाले ब्राजिलको ४६.७ प्रतिशत सोही क्षेत्रमा जाने भएकाले व्यापारका लागि ल्याटिन अमेरिका अति नै महत्त्वपूर्ण रहेको, तर ल्याटिन अमेरिकी देशहरूको बन्धन आर्थिक मामलाभन्दा बाहिर गएको बताए ।

     

    उनले भने, "दुई सय वर्षपछि मात्र हामीले आफ्नै खुट्टामा हिँड्न, आफ्नै आँखाले हेर्न, आफ्नै मुखले कुरा गर्न र आफ्नै दिमागले सोच्न सिकिरहेका छौँ, यसको अर्थ हो, हामी हाम्रो स्वतन्त्रताको आनन्द लिइरहेका छौँ ।" उनले एकीकरणका लागि अझै धेरै गर्न बाँकी रहेको बताए ।

     

    ब्राजिलको शिक्षा मन्त्रालयका अनुसार, भविष्यमा उनिलामा १० हजार विद्यार्थी र २ सय ५० जना प्रोफेसर हुनेछन् जसमा आधा ब्राजिलबाट र अरू आधा अन्य ल्याटिन अमेरिकी देशबाट हुनेछन् । नयाँ विश्वविद्यालयको स्थायी क्याम्पस निर्माण गर्न १७६.८ मिलियन डलर खर्च गरिनेछ ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक