आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    इस्लामिक अतिवादी सबैभन्दा ठूलो खतरा
    September 04 2010

    बेलायत, सेप्टेम्बर /  बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले वर्तमान विश्वका लागि इस्लामिक अतिवादी सबैभन्दा ठूलो खतरा बनेको बताएका छन्।

     

    उनले बीबीसीलाई दिएको एक अन्तरवार्तामा इस्लामिक अतिवादीमा आफ्नो विचार  र फाइदाको लागि जे पनि गर्न तयार हुने मानसिकता रहेको बताए।

     

    उनले इस्लामिक अतिवादीले मौका पाएमा युद्ध जित्नको लागि रसायनिक , जैविक र आणविक हतियारको प्रयोग गर्नसक्ने समेत बताएका छन्। ब्लेयरले इराक र अफ्गानिस्तानको युद्धमा बेलायतको नेतृत्व गरिसकेका छन्।

     

    उनले अफ्गानिस्तान, प्यालेष्टाइन, इराक , चेचन्या र कस्मिरमा इस्लामिक अतिवादी सक्रिय रहेको बताएका छन्। अन्तरवार्तामा उनले इरानको आणविक कार्यक्रमको विरोध गर्दै इस्लामिक अतिवादीलाई इरानले प्रोत्साहित गर्ने गरेको आरोप लगाएका छन्।

     

    इरान इस्लामिक अतिवादीलाइ प्रोत्साहित गर्ने देशहरुको सूचीमा पहिलो स्थानमा रहेकोले उसलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्ने मौका दिन नहुनेमा ब्लेयरले जोड दिएका छन्।

     

    ब्लेयरले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणपछि आफ्नो विदेश नीति बदलिएको बताएका छन्। उनले आतंकवादलाई परास्त गर्न शक्ति राष्ट्रहरुले आफ्नो विदेश नीतिमा परिवर्तन गर्न समेत सुझाव दिएका छन्।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक