पाकिस्तान, ०७ सेप्टेम्बर / उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी चौकीमा गराइएको आत्मघाति बम विस्फोटनमा परी कम्तीमा उन्नाइस जनाको मृत्यु भएको छ।
मारिने मध्ये कम्तिमा एघार जना प्रहरी जवान रहेको जानकारी त्यहाँका अधिकारीहरुले दिएका छन। विस्फोटनमा परी अन्य दर्जनौ घाइते भएका छन्।
पाकिस्तानी तालिबानको पकड मानिने खाइवर प्रान्तको लक्की मार्वात शहरमा गरिएको आक्रमण यो हप्ता भित्र गरिएको तेस्रो हिसांत्मक आक्रमण हो।
आत्मघाति आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको गाडि प्रहरी चौकीमा ठोक्काएर विस्फोट गराएको अधिकारीहरुले बताएका छन।
स्थानीय टेलिभिजनहरुले प्रसारण गरेका दृष्यहरुमा विष्फोटन भएको क्षेत्रमा पुस्तक तथा स्कुल ब्याग, मोटर साइकल तथा कारहरु क्षती ग्रस्त अवस्थामा यत्र तत्र छरिएका देखाइएको छ।
विष्फोटन शक्तीशाली भएका कारण मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुको अनुमान छ।