आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    सैन्य आधारशिविरमा आत्मघाती बम विस्फोट
    September 06 2010

    रुस, ०७ सेप्टेम्बर / रुसको दागेस्तानस्थित स्थानीय सैन्य आधारशिविरमा आइतबार बिहानै दुई आत्मघाती बम विस्फोट हुँदा पाँचको मृत्यु भएको छ । यसैगरी, विस्फोटमा अन्य ३९ घाइते भएका छन् ।

     

    उत्तरी ककेससको बुइनास्कक नगरमा रहेको सैन्य आधारशिविरमा आत्मघाती आक्रमणकारीले विस्फोटक सामग्रीले भरिएको कार तीव्र वेगमा १३६ नम्बरको ब्यारेकको मूलद्वारको बाटोमा पहिलो विस्फोट गराएका थिए ।

     

    पहिलो विस्फोटमा घटनास्थलमै तीनको मृत्यु भएको थियो । यसैगरी, पहिलो विस्फोटमा २६ घाइते भएको दागेस्तानका राज्यको गृह मन्त्रालयले जनाएको छ ।

     

    बम विस्फोटलगत्तै पछि उद्धारकर्मी तथा नुसन्धानकर्ता घटनास्थल पुग्न नपाउँदै सोही ठाउँनजिकै अर्को विस्फोट भएको थियो । दोस्रो विस्फोटमा थप व्यक्तिको मृत्यु भयो । घाइतेमध्ये धेरैको गम्भीर अवस्था रहेको छ ।

     

    रुसको मुख्यतया मुसलमानी बाहुल्य क्षेत्र चेचन्या, दागेस्तान र इङ्गुसेतियामा सुरक्षाकर्मी तथा रुसी आधिकारिक प्रतिनिधिलाई लक्षित गरी आक्रमण तथा हत्याका घटना हुने गरेका छन् ।

     

    त्यस्तै, शनिबार दागेस्तानका राष्ट्रिय नीति, वैदेशिक सम्बन्ध र सूचना तथा सञ्चारमन्त्री ब्रेकमुर्जा ब्रेकमुर्जायेभ चढेको गाडी क्षेत्रीय राजधानी मख्चकलामा विस्फोट हुँदा चालकको मृत्यु भएको छ । यस घटनामा अंगरक्षक पनि नराम्ररी घाइते भएका थिए ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक