आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    छोरीलाई भर्ना गरेको विषयले राजीनामा
    September 06 2010

    कोरिया, ०७ सेप्टेम्बर / दक्षिण कोरियाका विदेशमन्त्री यु म्युङ-ह्वानले आफ्नै मन्त्रालयका लागि आफ्नी छोरीलाई भर्ना गरेको विषयलाई लिएर राजीनामा दिएका छन् 

    युले राष्ट्रपति ली म्युङ-बाकसमक्ष राष्ट्रपति कार्यालयका प्रमुखमार्फत राजीनामा प्रस्तुत गरेको जानकारी विदेश तथा व्यापार मामला मन्त्रालयले जनाएको हो 

    मन्त्रालयका अनुसार विदेशमन्त्री युले आफ्नी छोरीका कारणले देशमा विवाद सिर्जना भएकोमा दुःख व्यक्त गर्दै सो विषयको जिम्मेवारी आफूले लिई पदत्याग गरेको बताएका छन् 

    यस विषयलाई लिएर युले शुक्रबार क्षमा याचना गर्दै बाबुले नेतृत्व गरेको मन्त्रालयमा छोरीलाई जागिर लगाउन उचित नहुने भएकाले आफ्नी छोरीले अब सो काम स्वीकार नगर्ने बताए 

    विदेश मन्त्रालयले छनोट प्रक्रिया स्वच्छ तथा पारदर्शी भएको तथा व्यापारविज्ञका रूपमा मन्त्री युकी छोरी अनुभवी तथा योग्य रहेकाले छनोट गरिएको भनी प्रतिवाद गरेको थियो 

    उनले २००६ देखि तीन वर्षसम्म मन्त्रालयमा व्यापारविज्ञका रूपमा कम गरी गत वर्ष बिहे हुनुअघि मात्र सेवा छाडेको हुनाले छनोट प्रक्रियाको मापदण्ड पूरा गरेको बताइएको थियो 

    तर, मन्त्री युको क्षमा याचना तथा मन्त्रालयको स्पष्टीकरणले पनि जनसाधारणमा मन्त्रीकी छोरीले प्राथमिकता पाएको आशंकालाई समाप्त पार्न सकेन । विवाद बढेपछि शुक्रबार राष्ट्रपति ली म्युङ-बाकले सो मामलाको अनुसन्धानका लागि निर्देशन दिएका थिए 

     

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक