बालकुमार नेपाल
रातो सारी तिलहरी कांधमा छड्के पारी
के के बरदान माग्छु भन्दै पशुपति झरी
लोग्ने पाउ छोरो पाउ भन्दै ढोग्न थाली
मानौ आज उ बनेकी छ महादेवकी साली
लोग्ने दिने महादेवको म्यारिज ब्युरो छैन
छोरो दिने शिवजी त भोला रिजाल होइन
तर पनि फनफनी पशुपति घुम्छे
दिनै पिच्छे मन्दिर गई महादेव मूर्ति चुम्छे
जिउदा पुरुष मेरेछन् कि मूर्ति जाग्न थल्यो
बुढी कन्या अधबैसेको चुम्बन माग्न थाल्यो
घरमा पुरुष काम गर्दा पसिनाको ओइरो
निर्जिब ढुंगा वरीपरी तरुनीको धुईरो
महादेवलाई मेरा घरमा सरुवा गरी पाउँ
रमाउदै उनका ठाउँमा म गई बस्न पाउँ
त्यसपछि मेरी हुन्छिन् राम्री पारवती
किराँतिनी त्यसमाथि झनै जनजाती
पशुपति धाउदैमा कहाँ पाइन्छ पोई
बनकालीमा कुर्ने हाम्रो खोजी तलास खोई
गु्ह्येश्वरी धाउदैमा कहाँ पायन्छ छोरो
त्यसो भए काम छैन डाक्टर रिजाल मोरो
मन्दिरमा पाईदैन प्रेमी छोरो पोई
नगरकोट गोदावरी घुम्न गाको खोई
सुश्रीजति नगरकोट श्रीमति चाही घर
यति भए पाइयो भन्नु देवताको भर
तिज आउनु कहिले कहिले चेतदेखि दर
यही दरले बिग्रेला नि दुनियाँको घर
पच्नेसम्म दर खानु पेटभरी टन्न
ठीक्कगरी खायो भने पखाला चाहीं हुन्न