आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    साहित्य
    तिज विशेष कविता
    September 07 2010

    बालकुमार नेपाल

     रातो सारी तिलहरी कांधमा छड्के पारी

    के के बरदान माग्छु भन्दै पशुपति झरी

    लोग्ने पाउ छोरो पाउ भन्दै ढोग्न थाली

    मानौ आज उ बनेकी छ महादेवकी साली

     

    लोग्ने दिने महादेवको म्यारिज ब्युरो छैन

    छोरो दिने शिवजी त भोला रिजाल होइन

    तर पनि फनफनी पशुपति घुम्छे

    दिनै पिच्छे मन्दिर गई महादेव मूर्ति चुम्छे

     

    जिउदा पुरुष मेरेछन् कि मूर्ति जाग्न थल्यो

    बुढी कन्या अधबैसेको चुम्बन माग्न थाल्यो

    घरमा पुरुष काम गर्दा पसिनाको ओइरो

    निर्जिब ढुंगा वरीपरी तरुनीको धुईरो

     

    महादेवलाई मेरा घरमा सरुवा गरी पाउँ

    रमाउदै उनका ठाउँमा म गई बस्न पाउँ

    त्यसपछि मेरी हुन्छिन् राम्री पारवती

    किराँतिनी त्यसमाथि झनै जनजाती

     

    पशुपति धाउदैमा कहाँ पाइन्छ पोई

    बनकालीमा कुर्ने हाम्रो खोजी तलास खोई

    गु्ह्येश्वरी धाउदैमा कहाँ पायन्छ छोरो

    त्यसो भए काम छैन डाक्टर रिजाल मोरो

     

    मन्दिरमा पाईदैन प्रेमी छोरो पोई

    नगरकोट गोदावरी घुम्न गाको खोई

    सुश्रीजति नगरकोट श्रीमति चाही घर

    यति भए पाइयो भन्नु देवताको भर

     

    तिज आउनु कहिले कहिले चेतदेखि दर

    यही दरले बिग्रेला नि दुनियाँको घर

    पच्नेसम्म दर खानु पेटभरी टन्न

    ठीक्कगरी खायो भने पखाला चाहीं हुन्न
     

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक