आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    आज पनि पौडेल र प्रचण्ड पराजित
    September 07 2010

    काठमाण्डौ, ०७ सेप्टेम्बर ,२२ भाद्र / ३४ औ प्रधानमन्त्रीका लागि आज सातौ पटक भएको निर्वाचनमा कुनै पनि प्रत्यासीले निर्वाचित हुन आवश्यक ३ सय मत प्राप्त गर्न नसकेपछि सातौ पटकको निर्वाचन पनि परिणाम विहिन भएको छ ।

    व्यवस्थापिका संसदमा मंगलबार भएको प्रधानमन्त्रीको निर्वाचनमा प्रधानमन्त्रीका प्रत्यासीद्धय पुष्पकमल दाहाल र रामचन्द्र पौडेलले निर्वाचित हुन आवश्यक बहुमत प्राप्त गर्न नसकेकाले निर्वाचन आठौ चरणमा प्रवेश गरेको छ ।

    प्रधानमन्त्रीमा निर्वाचित हुनका लागि कुल संविधान सभाका सदस्यको ५१ प्रतिशत मत ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । जसअनुसार संसदमा ५सय ९९ सदस्य रहेकाले ३ सय मत प्राप्त गर्नु पर्ने हुन्छ ।

    सविधान सभामा कुल छ सय १ सभासद भए पनि तराई मधेस लोकतान्त्रिक पार्टीबाट एकिकृत नेकपा माओवादीमा प्रवेशपछि पार्टीले कार्वाही गरेका रामकुमार शर्मा र माओवादीकै अर्की सभाषद रामकुमारी यादवको ग्यासँ लिक भएर लागेको आगोमा परेर मृत्य भएपछि २ सभाषद पद खाली भएको हो ।

    आजको निर्वाचनमा गरिएको पहिलो मतविभाजनको क्रममा एकीकृत नेकपा माओवादीका उम्मेदवार अध्यक्ष पुष्पकमल दाहालले २ सय ५२ मत प्राप्त गर्नु भएको थियो ।

    दाहाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव बहुमतले अस्विकृत भएको छ । उहाँको विपक्षमा १ सय १० र तटस्थ १ सय ५९ मत रहेको थियो । निर्वाचित हुनका लागि आवश्यक ३ सय मत प्राप्त गर्न नसके पछि प्रचण्डको प्रस्ताव अस्वीकृत भएको घोषणा गर्दै सभामुख नेम्वङले अर्का कांग्रेसका प्रत्यासि रामचन्द्र पौडेलको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो ।

    त्यसपछि पौडेलको पक्षमा भएको मतदानको पक्षमा १ सय १९ मत प्राप्त भएको थियो । उहाँको विपक्षमा २ सय ४५ र तटस्थ १ सय ५१ मत रहेको थियो । पौडेलको पक्षमा मतदान हुँदा ५ सय १५ सभासदले भाग लिएका थिए ।

    आजको बैठकमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम नेपालका सभासदहरुले पक्ष, विपक्ष र तटस्थ मध्ये कुनैमा पनि मत जाहेर नगरी यथास्थानमै बसेका थिए । बैठकमा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसहित अधिकांश सभासदहरु बैठक स्थलमा अनुपस्थित रहेका थिए ।

    कुनै पनि प्रत्यासिले आवश्यक मत प्राप्त गर्न नसके अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा २ बमोजिम सभामुखले पुनः निर्णायार्थ प्रस्तुत गर्ने प्रयोजनका लागि अर्को बैठक बोलाउनुपर्ने प्रावधान छ । अर्को बैठक आगामि असोज १० गते बोलाउने अनौपचारिक सहमति दलहरुवीच यसअघि नै भईसकेको छ ।

    आजको बैठकमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक विधेयक पहिलो संसोधन विधेयक पेश गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक