आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    बस र शवको खोज्न र्याफ्टीङ परिचालन
    September 07 2010

    काठमाण्डौ, ०८ सेप्टेम्बर ,२३ भाद्र / सिन्धुपाल्चोकको तातोपानीबाट सोमबार यात्रु लिएर बाह्रबीसेतर्फ आउँदै गर्दा भोटेकोशी नदीमा खसेर बेपत्ता भएको यात्रुबाहक बस र शवको खोजीका लागि ७ वटा र्याफ्टीङ परिचालन गरिएको छ ।

    नदीमा पानीको सतह बढेका कारण बस नदीको कुन भागमा डुबेको छ भन्ने कुरा अझै पत्ता लाग्न नसकेपछि र्याफ्टीङको सहायताले नेपाली सेना र नेपाल प्रहरीका जवानहरुले आज बिहानैबाट खोजी कार्य सुरु गरेको प्रहरी नायब उपनिरीक्षक चिराजीवी दाहालले जानकारी दिनुभएको छ ।

    बस खस्दा बेपत्तामध्ये ५ जनाको शव भेटिएको छ भने दुर्घटनामा काभ्रे, दोलखा र सिन्धुपाल्चोकका गरि २२ जना अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जनाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने कुराको यकिन तथ्य पत्ता लाग्न सकेको छैन ।

    तीब्र गतिमा आइरहेको बा २ ख ४०१३ नम्बरको बस यात्रुबाहक बस सडकको खाल्डोलाई छल्ने क्रममा अनियन्त्रित भई गाती गाविस-९को ढुङ्गाखानी भन्ने स्थानबाट भोटेकोशी नदीमा खसेको थियो ।

    चालक सहचालक र अन्य दुई यात्रुहरु पौडिएर बाँच्न सफल भएको छन् । प्रत्यक्षदर्शीहरुका अनुसार बस भीरबाट नदीमा खस्दा टुक्रा-टुक्रा भएको थियो ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक