आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    जीप दुर्घटनामा परि तेईस जना घाइते
    September 08 2010

    काठमाण्डौ, ०८ सेप्टेम्बर ,२३ भाद्र / पश्चिम पाल्पाको भुवनपोखरीदेखि सदरमुकाम तानसेन आउँदै गरेको लु १ ज १०६८ नम्बरको जीप सोमादी -४ गेदाबासमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। घाइतेमध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    आधा दर्जन गैरसरकारी संस्थाले तानसेनमा आयोजना गरेको जिल्लास्तरीय तीज गीत प्रतियोगितामा सहभागी हुन आएकाहरु दुर्घटनामा परेका हुन्।

    गम्भीर घाइते हुनेमा जीप चालक भुवनपोखरी - ६ पेलाबासका ४५ वर्षीय श्रवण श्रेष्ठ, ३९ वर्षीया गुणीकुमारी दर्लामी, २५ वर्षीया माया सोमै र ५० वर्षीया वेलकुमारी सोमै रहेको प्रहरीले जनाएको छ।

    गम्भीर ४ सहित २३ जना तानसेनस्थित मिसन अस्पतलमा उपचारका लागि भर्ना भएका छन्। जीपको ब्रेक फेल भएर सडकदेखि सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक पवनकुमार गिरीले बताए।

    घटनास्थल सदरमुकाम तानसेनदेखि ४० किलोमिटर पश्चिममा पर्दछ।

    यसैगरी, मोटरसाइकलले आज दिउसो ठक्कर दिँदा पर्वतमा तीन बालबालिका घाइते भएका छन् भने घाइतेका आफन्तले बाग्लुङ-पोखरा सडक अवरुद्ध पारेका छन्।

    पोखराबाट पर्वतको कुश्मा बजारतर्फ आउँदै गरेको ग ३ प ६७ ५७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पर्वत चुवा- ५ की १० वर्षीय रविना सुवेदी, ७ वर्षीय पुष्पा सुवेदी र ४ वर्षीय गणेश सुवेदी घाइते भएका हुन्।

    घाइते बालबालिकामध्ये दुईको  पर्वत अस्पतालमा  उपचार भइरहेको छ भने गम्भीर घाइते रविनाको थप उपचारका लागि पोखरा पठाएको पर्वत प्रहरीले जनाएको छ।

    घाइते बालबालिकाका आफन्तले उपचार र क्षतिपूर्तिको माग गर्दै बाग्लुङ-पोखरा राजमार्गको चुवा खण्डमा यातायात अबरुद्ध पारेका छन्।

    मोटरसाइकल चालक पर्वतको लुंखुदेउराली गाविस- २ का द्रोणराज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक