काठमाण्डौ, ०८ सेप्टेम्बर ,२३ भाद्र / प्रमुख जिल्ला अधिकारीको आदेशमा एकिकृत नेकपा माओवादीले ताप्लेजुङको कारागारमा रहेका बन्दीलाई फलफुल बितरण गर्ने कार्यक्रम रद्द भएको छ।
शहीद बासु उर्फ सुरेस वाग्लेको हत्या भएको १२ वर्ष पुगेको अपसरमा उनको स्मृतिमा वाइसियलले फलफूल बितरण कार्यक्रम राखेको थियो।
कैदी बन्दीलाई फलफूल बितरण गर्ने गरी निर्धारित कार्यक्रम हुन नपाउँदा वाइसियलले जिल्ला अस्पतालका बिरामी तथा सुस्त मनिस्थितिका बिद्यार्थीलाई फलफुल बितरण गरेको छ।
"हामीले कार्यक्रम तय गरी फलफुल बितरणका लागि लिएर जादा जिल्ला प्रहरी कार्यालयले कारागारको ढोका खोल्न मानेन, आदेश छैन भन्ने कुरा आयो" वाइसीएलका जिल्ला ईञ्चार्ज पर्शुराम पौडेल(राजन)ले भने।