विहिवार, २०६८ फाल्गुन ११ गते, 23 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    विचार
    हत्या पत्रकारको :: सन् २०११ मा ६६ पत्रकार मारिए
    December 25 2011

    आमसञ्चार तथा पत्रकारितासम्बन्धी विश्व संस्था आरएसएफले सन् २०११ मा मात्र विश्वका कम्तीमा पनि ६६ जना पत्रकार मारिएको तथ्यांक सार्वजनिक गरेको छ ।

    विश्वव्यापीरूपमा प्रेस स्वतन्त्रतासम्बन्धी अवस्थाको अनुगमन गर्दै आएको सो संस्थाले विश्वमा गरेको अनुगमनका क्रममा यस वर्ष ६६ जना पत्रकार मारिएको जनाएको हो । सो संस्थाले यस वर्ष विश्वका विभिन्न देशमा गरी एक हजार जनाभन्दा बढी पत्रकार थुनामा परेका वा पक्राउ परेका पाइएको पनि जनाएको छ ।

    सन् २०११ का लागि विश्वका अन्य देश एवं सहरहरूको तुलनामा सिरिया, लिबिया र इजिप्ट सबैभन्दा बढी खतरनाक रहेको पाइएको पनि सो संस्थाले जनाएको छ । साथै यो संस्थाले पहिलोपटक यस वर्ष पत्रकारहरूको खतरा रहेका देशहरूमध्ये विश्वका सबैभन्दा बढी दश राष्ट्र एवं सहरको नाम पनि सार्वजनिक गरेको छ ।

    सो खतराको सूचीमा सबैभन्दा माथि इजिप्टको राजधानी कायरो, लिबियाको मिसार्ता र पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तान रहेका छन् । सो संस्थाले अरब राष्ट्रहरूमा यस वर्ष देखापरेको राजनीतिक अस्थिरता र आन्दोलनका कारण सबैभन्दा बढी पत्रकार त्यहाँ तारो बन्न पुगेका पनि जनाएको छ । पत्रकारहरू पक्राउ पर्ने गरेको बर्सेनि निकालिएको सूचीमा यस वर्ष सबैभन्दा बढी पत्रकार मध्यपूर्वी र अरेबियन राष्ट्रहरूमा रहेको पाइएको पनि जनाएको छ ।

    यी क्षेत्रहरूमा विगतका वर्षहरूमा हुने गरेको पत्रकारमाथिको धरपकड एवं पक्राउको तुलनामा यस वर्ष १६ प्रतिशतले वृद्धि भएको पनि सो संस्थको अनुसन्धानबाट देखिएको समाचारमा जनाइएको छ । संस्थाको विज्ञप्तिमा यस वर्ष ग्रीस, बेलारूस, युगान्डा, चिली र संयुक्त राज्य अमेरिका नै पत्रकारको पक्राउ र धरपकडमा बढी जिम्मेवार रहेको उल्लेख छ । विश्वमा गत वर्ष पाँच सय ३५ जना पत्रकार पक्राउ परेकोमा यस वर्ष यिनै देशहरूका कारण पत्रकार पक्राउ पर्ने संख्या एक हजार ४४ जना रहेको पनि प्रतिवेदनमा जनाइएको छ ।

     

    सो खोजीका क्रममा कम्तीमा पनि २० जना पत्रकार मध्यपूर्वमा मात्र मारिएका छन् । साथै यत्तिकै संख्याका पत्रकार ल्याटिन अमेरिकी देशहरूमा पनि मारिएका पाइएको छ । यसअघि सबैभन्दा बढी पत्रकार मारिएको देशका रूपमा पाकिस्तान रहेको थियो । गत वर्ष अर्थात सन् २०१० मा पाकिस्तानमा दशजना पत्रकार मारिएको तथ्यांक पनि सोही संस्थाले नै गत वर्ष सार्वजनिक गरेको थियो ।

    विश्वका पत्रकारको प्रमुख जेलका रूपमा गत वर्ष चीन, इरान रहेका थिए । अहिले पत्रकारहरूको यो जेलको स्थान भने मध्यपूर्वी राष्ट्रहरूले लिएका छन् । आइभरिकोस्टको आर्थिक राजधानी अबिद्जान र मेक्सिकोको लागुऔषधसम्बन्धी अवैध ओसारपसारका लागि खतरनाक रहेको सहर भेराक्रुज पनि प्रमुख रहेका छन् ।

    -एएफपीको सहयोगमा

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक