विहिवार, २०६८ फाल्गुन ११ गते, 23 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिका समाचार
    अमेरिकी कंग्रेसले इन्टरनेट पाइरेसीको बिल स्थगित गर्‍यो
    January 21 2012

    अमेरिकी कंग्रेसले इन्टरनेट पाइरेसी रोक्नका लागि लैजाने भनिएका २ विधयक  स्थगित गरेको छ ।

     
    विकिपिडिया र गुगलजस्ता ठूला सेवा प्रदायक अनलाइन कम्पनीको कडा विरोधपछि कंग्रेस पछाडि हटेको हो । पाइरेसी बढेको भन्दै अमेरिकी सदनमा विधेयक पेस भएपछि इन्टरनेट प्रदायक संस्थाहरूले गत बुधबार आफ्ना साइट बन्द गरेका थिए ।
     
    अमेरिकाको माथिल्लो सदनमा बहुमतमा रहेका नेता ह्यारी रिडले प्रोटेक्ट आइपी एक्ट (पिपा) मा बिहीबार हुने मतदान तत्कालका लागि रोकिएको बताएका छन् । संसद्को कानुनसम्बन्धी समितिका अध्यक्ष लामर स्मिथले पनि स्टप अनलाइन पाइरेसी एक्ट (सोपा) आमसहमति नभएसम्म छलफलमा नल्याइने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
     
    विश्वभरबाट अमेरिकी संसद्मा पठाइएको इमेल, फोन र लाखौँ वेबसाइटहरूको विरोधपछि यो २ विधेयकमाथिको राजनीतिक समर्थन घटेको थियो । गुगलको माध्यमबाट करिब ७० लाख मानिसले ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए । पिपा विधेयकका करिब ४० प्रस्तावक रहेकामा सर्वत्र विरोध सुरु भएपछि अधिकांश सांसदले समर्थन फिर्ता लिएका थिए ।
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक