अमेरिकाले रक्षा बजेटमा कटौती गर्यो
January 27 2012
अफगानिस्तान र इराकमा करिब एक दशकको युद्ध अभियान पछि अमेरिकाले आफ्नो रक्षा बजेटमा केही कटौती गरेको छ ।
देशको अर्थव्यवस्था कमजोर हुने भयले अमेरिकाले रक्षा क्षेत्रको चार सय ८७ अर्ब डलर रकम कटौती गरेको छ । रक्षामन्त्री लियोन पेनेटाले रकम कटौतीको घोषणा गर्दै यो निकै चुनौतीपूर्ण र अप्ठ्यारो काम भएको बताएका छन् ।
उनले बजेट घाटाबारे कुरा गर्न सजिलो हुने, तर सामना गर्न निकै गाह्रो हुनेसमेत बताए । अमेरिकाले अघिल्लो वर्ष जल र स्थल गरी करिब ९२ हजार सेना घटाएको थियो । अमेरिकाले अझै केही सैन्य संरचना पनि बन्द गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।